+
+

फ्री-ट्रान्सफरमा उपलब्ध युरोपियन फुटबल स्टारहरु

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ८ गते १५:०४

काठमाडौं । युरोपियन फुटबलका ठूला केही नामहरु फ्रि ट्रान्सफरका लागि उपलब्ध छन् । उनीहरुको अहिलेको क्लबमा सम्झौता यसै समरमा सकिँदैछ । पउल पोग्वा, ग्यारेथ बेल, क्रिस्टियन एरिक्सन जस्ता खेलाडीहरु अब कता जालान् भन्ने धेरै कौतुहलता छ ।

के पउल पोग्वा युभेन्ट्स फर्केलान् ? रियल मड्रिडपछि बेलको भविष्य के होला ? क्रिस्टियन अब कता जालान् ? अन्य स्टारहरु कुल क्लब जालान् ?

बीबीसीले चर्चित खेलाडी अब आउने सिजन कता जालान् भनेर सामाग्री तयार पारेको छ ।

ग्यारेथ बेल

बेलले रियल मड्रिड छाडेपछि उनको नाम विभिन्न क्लबसँग जोडिएको छ । डीसी युनाइटेड, कार्डिफ सिटी, न्युकासल युनाइटेड,नटिङहम फरेस्ट, एसइ मिलान जस्ता उनको नाम जोडिएको छ ।

स्पनको राजधानीमा ९ वर्ष बिताएपछि बेलले क्लब छाडे । उनले त्यहाँ पाँच च्याम्पियन्स लिग र तीन ला लिगा उपाधि जिते ।

वेल्सका ३२ वर्षीय फरवार्ड सन् २०१३ मा त्यसबेलाको कीर्तिमानी ८० मिलियन पाउण्डमा रियल पुगेका थिए ।

उनले कतारमा हुने विश्वकपलाई मुख्य प्राथमिकतामा राखेका छन् । उनले अर्को सिजन कहाँ खेल्ने भन्ने विषय यही विश्वकप र उनको परिवारमा भर पर्नेछ ।

पउल पोग्बा

म्यानचेष्टर युनाइटेडमा ६ वर्षको दोस्रो स्पेन बिताएपछि पोग्बाले क्लब छाड्दैछन् । उनी फेरि युभेन्ट्स फर्किने सम्भावना धेरै छ । तर उनको नाम रियल मड्रिड, पीएसजी र म्यानचेष्टर सिटीसँग पनि जोडिएको छ ।

युनाइटेडमा रहँदा २९ वर्षीय मिडफिल्डरले ईएफएल कप र युरोपा लिगको उपाधि जिते । पोग्बा सन् २०१६ मा त्यस बेलाको कीर्तिमानी ८९ मिलियन पाउण्डमा युभेन्ट्सबाट युनाइटेड फर्कँदा उनको चर्चा धेरै थियो ।

तर, उनको युनाइटेड बसाइ खासै उपलब्धि मुलक बन्न सकेन ।

क्रिस्टियन एरिक्सन

अप्रत्यासित घटना नभएको भए क्रिस्टियन एरिक्सन इन्टर मिलानमै हुन सक्थे । तर ३० वर्षीय डेनिस खेलाडी एरिक्सनलाई युरो २०२० मा फिनल्याण्ड विरुद्ध खेल्ने क्रममा हृदयघात भयो । त्यसपछि इन्टरसँग उनको सम्झौता टुट्यो ।

उनको शरिरमा आइसीडी डिभाइस राखेकोले इन्टरले उनलाई रिलिज गर्दियो र पछि उनी इंग्ल्स क्लब ब्रेन्टफोर्डमा आबद्ध भए । ब्रेन्टफोर्ड एरिक्सनलाई क्लबमै राख्न चाहन्छ । तर उनको नाम टोटनहम र म्यानचेष्टर युनाइटेडसँग पनि जोडिएको छ ।

ब्रेन्टफोर्डलाई प्रिमियर लिगमै राख्नका लागि एरिक्सनको प्रदर्शन पनि सहयोगी रह्यो ।

जेसे लिनगार्ड

एकेडेमीबाट आएका लिनगार्डले दुई दशकपछि म्यानचेष्टछर युनाइटेड छाडेका छन् । अब भने उनी नयाँ गन्तव्यको खोजीमा छन् । गत सिजन २९ वर्षीय लिनगार्डले लोनमा वेष्टह्याम युनाइटेडबाट खेलेका थिए ।

उनको नाम अहिले वेष्टह्यामसँगै न्युकासल युनाइटेड, टोटनहम, रोमा र एसी मिलानसँग जोडिएको छ ।

उस्मान डेम्बेले

सन् २०१७ मा बोरुसिया डर्टमण्डबाट महँगो रकममा बार्सिलोना पुगेका डेम्बेलेका लागि कुनै पनि कुरा सोचेजस्तो भएको छैन ।

भर्खर २५ वर्ष पुगेका फ्रेन्च परवार्डले चोटले धेरै सतायो । उनले बफ्नो क्षमता देखाउन पाएनन् । उनले बार्सिलोना छाड्ने चर्चा भइरहँदा क्लबका अध्यक्ष जोन लापोर्टा र मुख्य प्रशिक्षक जाभीले उनी क्लबमै रहने आशा राखेका छन् ।

डेम्बेलेको नाम चेल्सी र पेरिस सेन्ट जर्मेनसँग जोडिएको छ ।

इडिन्सन कभानी

इडिन्सन कभानीले म्यानचेष्टर युनाइटेडमा मिश्रित खालको दुई वर्ष बिताए । ३५ वर्षीय उरुग्वेली फरवार्ड २०२० अक्टोबरमा पीएसजीबाट फ्रि ट्रान्सफरमै युनाइटेड पुगेका थिए । उनले पहिलो सिजन सबै खाले प्रतियोगितामा गरेर १७ गोल गरे ।

यद्यपी क्रिस्टियानो रोनाल्डोको आगमन र चोटठका कारण कभानीले संघर्ष गर्नुपर्‍यो । उनको व्यक्तित्व र अनुभव अजै सुहाँउदो क्लबका लागि काम लाग्न सक्छ । उनको नाम रियल र एट्लेटिको मड्रि८सँगै आर्सनल र युभेन्टससँग पनि जोडिएको छ ।

फर्नान्डिन्हो

सन् २०१३ मा युक्रेनी क्लब साख्तर डोनेस्कबाट प्रिमियर लिग पुगेका फर्नान्डिन्होले म्यानचेष्टर सिटीलाई पछिल्लो पाँच सिजनमा चौथो पटक प्रिमियर लिग जिताउन सहयोग गरे । ३७ वर्षीय उनले यस सिजन १९ खेल मात्र खेल्ने अवसर पाए ।

ब्राजिलियन खेलाडीले यसअघि नै अब घर पर्किने मनसया व्यक्त गरिसकेका छन् । उनले सिटीमा रहँदा पाँच प्रिमियर लिगसँगै ६ इएफए कप र एफए कप जितेका थिए ।

उनको नाम बोटाफोगो, फ्लेमेङगो, कोरिन्थिएन्स र एथ्लेटिको पारानाएन्ससँग जोडिएको छ ।

लुइस सुआरेज

३५ वर्षीय सुआरेज भेट्रान समूहमा फिट हुने खेलाडी हुन् । एट्लेटिको मड्रिडबाट बहिर्गनमपछि उनको नाम पनि विभिन्न क्लबसँग जोडिएको छ ।

उरुग्वेका यी खेलाडी युवा उमेरको जस्तो गतिशील नभए पनि गोल गर्न सक्ने क्षमताका कारण केही क्लबको नजर उनीमा छ । उनको नाम युभेन्ट्स, एस्टन भिल्ला, सेभिया र इन्टर मायमीसँग जोडिएको छ ।

इस्को

पाँच च्याम्पियन्स लिग र तीन ला लिगा उपाधि जितेपछि इस्कोले पनि रियल छाडेका छन् ।

३० वर्षका इस्को अहिले आफ्नो करियरको प्राइममा छन् । तर रियलमा धेरै समय नपाएका यीनले स्पेनको राष्ट्रिय टिममा पनि आफ्नो स्थानमा गुमाएका छन् । त्यसैले उनी अब लयलाई पर्काउन नयाँ गन्तव्यको खोजीमा छन् ।

स्पेनकै सेभियासँगै प्रिमियर लिगका आर्सनल र टोटनहमसँग नाम जोडिएको छ ।

एन्जल डी मारिया

पार्क डे प्रिन्समा मेट्ज विरुद्ध ५-० को जितमा गोल गर्दै पेरिस सेन्ट जर्मेनको डि मारियाको सुखद बिदाई भएको थियो ।

३४ वर्षीय डि मारियाले पीएसजीका लागि २९५ खेलमा ९३ गोल गरेका थिए । उनले फ्रान्सेली शहरमा पाँच लिग उपाधिसँगै फ्रेन्च कप ५ र लिग कप ४ पटक जितेका थिए ।

यी विंगरको अबको गन्तब्य बार्सिलोना र युभेन्ट्स बन्न सक्छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?