+
+

माओवादीको केन्द्रीय समिति बैठक फेरि सर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ८ गते १७:०५
माओवादी केन्द्रीय समिति बैठकको फाइल तस्वीर ।

८ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको १५ असारलाई तोकिएको बैठक फेरि सर्ने भएको छ ।

असार १५ धान दिवस भएको र खेतपाती गर्ने मुख्य समयमा बैठक राख्न उपयुक्त नहुने भएकाले बैठक फेरि सर्ने माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले भने सार्नेबारे सल्लाह भइरहेको तर कुनै निर्णय नभएको बताए ।

यसअघि स्थानीय चुनवा सकिएलगत्तै २० जेठमा बैठक बस्ने भनिएको थियो तर माओवादीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुले १० असारमा बजेट पेश गर्नु पर्ने भएकाले बैठक उचित नहुने भन्दै सारिएको थियो ।

गत पुसमा आठौं महाधिवेशन गरेको माओवादीले अहिलेसम्म केन्द्रीय समितिलाई पूर्णता दिन सकेको छैन भने पदाधिकारी पनि चयन भएका छैनन् ।

त्यस्तै नेताहरुको कार्यविभाजन पनि हुन सकेको छैन । अमेरिकी सहयता परियोजना एमसीसीका कारण पार्टीभित्र देखिएको विवादमा चुनावपछि बहस गर्ने भन्दै स्थगित भएको थियो ।

त्यसबारे पनि केन्द्रीय समितिमा छलफल गर्ने माओवादीको तयारी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?