+
+

एकल महिलाका समस्या समाधानका लागि राज्यको नीतिगत पहल आवश्यक

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १० गते १२:१४

१० असार, काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाका एकल महिलाहरुले आफूहरुको समस्या समाधानका लागि राज्यले नीतिगत पहल गर्नुपर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय एकल महिला दिवसको अवसरमा महिलाका लागि मानव अधिकार एकल महिला समूले आयोजना गरेको कार्यक्रममा उनीहरुले राज्यले भत्ता दिने बाहेकका अरु कुनै काम गर्न नसकेको गुनासो गरे ।

कार्यक्रममा एकल महिला समूहकी अध्यक्ष कविता पाण्डेले एकल महिलाले बच्चाको नागरिकता बनाउना लागि पनि मृत्यु भइसकेका श्रीमानको नागरिकता बोकेर जानु पर्ने स्थिति रहेको बताइन् । ‘राज्यले जिउँदो आमा भन्दा मरिसकेको बुवालाई मान्यता दिनुबाट पनि एकल महिलाले भोग्नुपरेको समाजिक आर्थिक सांस्कृतिक तथा मानसिक समस्या कति जटिल छ भन्ने स्पष्ट हुन्छ,’ उनले भनिन् ।

कार्यक्रममा एकल महिला समूहकी कार्यक्रम संयोजक सुमिरा श्रेष्ठले ६० वटा जिल्लामा एकल महिला जिल्ला समिति गठन गरेको जानकारी गराउँदै देशभरका एकल महिलाहरुले फरक फरक समस्या भोगिरहेको बताइन् ।

कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामाले महिलाका अदृश्य समस्याहरुलाई समाधान गर्नको लागि नीतिगत रुपमा भन्दा पनि पुरुषवादी सोचमा परिवर्तन गर्न जरुरी रहेको बताइन् । उनले एकलमहिलाहरुको आर्थिक सशक्तिकरणका लागि नगरपालिकाले स्थापना गरेको एकल महिला कोषलाई थप प्रभावकारी ढंगबाट परिचालन गर्ने प्रतिवद्धता जनाएकी छिन् ।

कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाका वडा नं. ७ का वडा अध्यक्ष बसनारायण महर्जनले एकल महिला समूहमा आबद्ध महिलाहरु अहिले वडाकै नेतृत्व तहमा पुगेको बताए । उनले आगामी दिनमा आफ्नो वडाले एकल महिलालाई आत्मनिर्भर बनाउन सशक्त ढंगबाट काम गर्ने बताए ।

महिलाका लागि मानव अधिकार एकल महिला समूहले २०५२ सालदेखि देशभरका एकलमहिलाको अधिकारलाई समाजिक, आर्थिक, राजनैतिक मुद्दाको रुपमा उठान गर्दै आइरहेको छ । उसले आर्थिक सशक्तिकारका लागि स्थानीय सरकारसँगको समन्वयमा सीपमुलक कार्यहरु समेत गर्दै आईरहेको समूहले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?