+
+

पुबुद अमेरिकन क्लबको कोच बनेको चर्चा, क्यान भन्छ-हल्ला मात्र हो

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १० गते १६:४०

१० असार, काठमाडौं । गत मंगलबार अमेरिकाको माइनर क्रिकेट लिग खेल्ने टिम ह्युस्टन हुरिकेन्सले नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुबुदु दासानायकेलाई स्वागत छ भन्नै सामाजिक सञ्जालमा पोष्ट गर्‍यो ।

नेपाली टिमसँग सम्झौता बाँकी छँदै अमेरिकाको क्लब लेभलको टिमले पुबुदलाई प्रशिक्षकको रुपमा भित्र्याएको विषयले चर्चा पायो ।

यस विषयमा नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लसँग बुझ्दा यसबारे केही निर्णय नभएको बताए ।

तर माइनर क्रिकेट लिग नजिकिँदै गर्दा एक दिन अघि बिहीबार हुरिकेन्सले आफ्नो टिम लिस्ट सार्वजनिक गर्‍यो । त्यसमा प्रशिक्षकको रुपमा पुबुदु दासानायकेको नाम उल्लेख छ भने अमिर सिद्दी सहायक प्रशिक्षक छन् ।

अमेरिकामा आईसीसी लिग टू क्रिकेट शृंखलापछि नेपाली टिम स्वदेश फर्कँदा पुबुदु भने क्यानडामा छन् । नेपाली टोलीले जुलाईमा स्कटल्याण्डमा लिग टु कै अर्को शृंखला खेल्नुअघि क्यानडामा दुई खेलको टी-२० अन्तर्राष्ट्रिय र दुई खेलकै एकदिवशीय शृंखला खेल्ने गरी क्यानले मिति सार्वजनिक गरिसकेको छ ।

त्यही मिलाउन पुबुद क्यानडामा रहेको क्यानले जनाएको छ । तर हुरिकेन्सले भने पुबुदुलाई प्रशिक्षकको रुपमा उल्लेख गरेको छ ।

यस बारे क्यान अध्यक्ष चतुरबहादुर चन्दसँग बुझ्दा उनले पनि यस्तो कुनै निर्णय नभएको बताए ।

‘अनपौचारिक रुपमा टिमसँग कुरा भएको र सहयोग गर्ने भन्ने कुरा भएको हो । पुबुदुको भनाइ उदृत गर्दै चन्दले भने, ‘तर टिमको कोचिङ स्टाफ बन्ने कुरा भएको छैन भनेर कोच ले नै भन्नुभएको छ । अब कताबाट के के आउँछ हाल्छन् ।’

नेपालले सन् २०१४ मा पहिलो पटक टी-२० विश्वकपमा छनोट गराएका पुबुदु गत पुसमा दोस्रो पटक नेपालको प्रशिक्षक नियुक्त भएका थिए । ८ वर्षपछि नेपाललाई फेरि विश्वकपमा छनोट गराउने लक्ष्य लिएपनि युएईसँग पराजित भएपनि विश्वकप खेल्ने चाहना यस पटक अधुरै रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?