+
+

माओवादी परित्याग गरेका जीवन गौतम एमालेमा प्रवेश

नेकपा माओवादी केन्द्र परित्याग गरेका केन्द्रीय सदस्य एवम् दाङ जिल्ला इन्चार्ज जीवन गौतम नेकपा एमालेमा प्रवेश गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १० गते १८:२३

१० असार, दाङ । नेकपा माओवादी केन्द्र परित्याग गरेका केन्द्रीय सदस्य एवम् दाङ जिल्ला इन्चार्ज जीवन गौतम नेकपा एमालेमा प्रवेश गरेका छन् ।

आज नेकपा एमालेको ललितपुरस्थित केन्द्रीय कार्यालयमा पुगेर गौतमले पार्टी प्रवेश गरेका हुन् । उनलाइ एमालेका महासचिव शंकर पोख्रेलको उपस्थितिमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका हुन् ।

गौतमले गत वैशाख ५ गते उनले पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रका परित्याग गरेको घोषणा गरेका थिए ।

उनी घोराही हालै सप्पन्न स्थानीय तहको चुनावमा उपमहानगरपालिका मेयरका दाबेदार थिए । तर आफूले टिकट नपाउने भएपछि उनले चुनावको मुखमा पार्टी परित्याग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?