+
+

राष्ट्रिय एथ्लेटिक्समा आर्मीका खेलाडीको कीर्तिमान

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ११ गते १८:५९

४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न ४ सय मिटर हर्डल्स तर्फको प्रतिस्पर्धामा विभागीय टोली त्रिभुवन आर्मीकी जयरानी थारुले राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न ४ सय मिटर हर्डल्समा निर्धारित दूरी १ मिनेट ०७ दशमलव २ सेकेण्डमा पार गर्दै जयरानीले छैटौं राष्ट्रिय खेलकुदमा एपीएफकी सविता चौधरीले बनाएको १ मिनेट ०७.७ सेकेन्डको कीर्तिमान भंग गरेकी हुन् ।

शुक्रबार पनि जयरानीले १ सय मिटर हर्डल्समा १५.२० सेकेन्डको कीर्तिमान रचेकी थिइन् । यसअघि उक्त कीर्तिमान प्रमिला थारुको नाममा थियो । प्रमिलाको टाइमिङ १६.३८ सेकेन्ड थियो ।

शुक्रबारै आर्मीका जीवन थारुले पुरुष १ सय १० मिटर हर्डल्समा १४.९६ सेकेन्डको कीर्तिमान बनाएका थिए । उनले आफ्नै नाममा रहेको १५.६० सेकेन्डको कीर्तिमान सुधार गरेका थिए । यता ४ सय मिटर हर्डल्सको पुरुषतर्फ आर्मीका रामबहादुर थारुले स्वर्ण जिते ।

थारुले ५५ दशमलव ९ सेकेण्डमा दूरी पार गर्दै स्वर्ण जितेका हुन । ५६ दशमलव ७ सकेण्डमा दूरी पार गर्दै आर्मीकै जीवन थारुले रजत जित्दा मधेश प्रदेशका मुकेश ठाकुरले ६५ दशमलव १ सेकेण्डका साथ कास्य जिते ।

शनिबारै सम्पन्न दुई सय मिटर दौडमा आर्मीकी सरस्वती चौधरीले एपीएफकी रमिता कुमारी चौधरीलाई पछि पार्दै स्वर्ण जितिन् । सरस्वतीले दूरी पार गर्न २५ दशमलव ४८ सेकेण्ड खर्चिन् ।

यस्तै रमिताले २६ दशमलव ०२ सेकेण्ड र कास्य पदक जितेकी बागमतीकी लुजाला अमात्यले २७ दशमलव ४० सेकेण्डको समय खर्चिन् । पुरुषतर्फ भने एपीएफका शिवराज पार्कीले स्वर्ण जिते । उनले २१ दशमलव ९२ सेकेण्डमा दूरी पार गर्दै कर्णाली प्रदेशका डिल्ली भण्डारीलाई पछि पारे ।

डिल्लीले २२ दशमलव ४१ सेकेण्डमामा दूरी पूरा गरे । एपीएफका आशिष चौधरीले २२ दशमलव ५० सेकेण्डमा कास्य जिते । ८ सय मिटर दौडमा आर्मीका सोमबहादुर कुमालले स्वर्ण जित्दा आर्मीकै सुनिल सुनारले रजत जिते । सोमले १ मिनेट ५६ दशमलव २ सेकेण्डको समय खर्चदा सुनिलले १ मिनेट ५६ दशमलव ७२ सेकेण्ड लगाए ।

पुलिसका तेजबहादुर कार्कीले १ मिनेट ५६ दशमलब ७९ सेकेण्डका साथ कास्य जिते । महिफातर्फ एपीएफकी फुलमती रानाले स्वर्ण जितिन । उनले २ मिनेट १६ दशमलव ८ सेकेण्डका साथ स्वर्ण जितेकी हुन् । कर्णाली प्रदेशकी राममाया बुढाले रजत र आर्मीकी राधिका श्रेष्ठले कास्य जितेकी छन् ।

शनिबार सम्पन्न सटपुटमा महिलातर्फ पुलिसकी चन्द्रकला लामगादेले १२ दशमलव २७ मिटर दूरी फाल्दै स्वर्ण पदक जितेकी छिन् । १० दशमलब ८८९ मिटरमा साथ लुम्बिनीकी संगीता अधिकारीले रजत र १० दशमलब १५ मिटरका साथ लुम्बिनीकै सुशीला चौधरीले कास्य जितिन् । पुरुषतर्फ आर्मीका तिलक विकले १२ दशमलव २० मिटर दूरी फाल्दै स्वर्ण जित्दा गण्डकीका राजन विकले रजत र पुलिसका पुष्कल खण्डाले कास्य जिते ।

लङजम्पमा महिलातर्फ जयरानी थारुले ५ दशमलव १३ मिटर दूरीका साथ स्वर्ण जिते । यस्तै एपीएफकी शिला चौधरीले ५ दशमलव ०३ मिटरका साथ रजत र पुलिसकी सीमा चौधरीले ४ दशमलव ७८ मिटरका साथ कास्य जिते ।

पुरुषतर्फ ६ दशमलव ८५ मिटरका साथ एपीएफका सलिम दिवामले स्वर्ण जिते । यस्तै आर्मीका शेरबहादुर विष्टले ६ दशमलव ७५ मिटर दुरी फाल्दै रजत जित्दा लुम्बिनीका सुदीप थारुले ६ दशमलव ६५ मिटरका साथ कास्य जिते ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?