+
+

बिरामीको मृत्युपछि काठमाडौंको चिरायु अस्पतालमा तनाव

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ११ गते २०:४२

११ असार, काठमाडौं । काठमाडौं बसुन्धराको चिरायु अस्पतालमा उपचाररत एक बिरामीको मृत्यु भएपछि तनावको स्थिति सिर्जना भएको छ ।

पिसाबसम्बन्धी समस्या देखिएपछि उपचारका लागि भर्ना भएका सुरज ढुंगानाको मृत्यु भएपछि आफन्तले अस्पतालविरूद्ध नारावाजी र प्रदर्शन गरेका छन् । उनीहरुले चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको आरोप लगाएका छन् ।

मृतकका आफन्त सिम्रन बस्नेतका अनुसार पिसाबको समस्यालाई लिएर भर्ना भएका बिरामीको हर्टफेल भएर मृत्यु भएको बताएपछि चिकित्सकमाथि शंका लागेको हो ।

अस्पतालले मुटुसम्बन्धी उपचार नै नगरेको र के कारणले यस्तो घटना भएको भन्ने बारे पनि बिरामीका आफन्तलाई जानकारी नगराएको उनले बताइन् । यस विषयमा उपचारमा संलग्न चिकित्सकसँग कुराकानी गर्न खोज्दा पनि पन्छिन खोजेको उनले बताइन् ।

अस्पतालमा तनाव भएपछि प्रहरी टोली पनि अस्पताल पुगेको छ । शनिबार साँझ प्रहरी, अस्पताल र मृतकको आफन्तबीच यस विषयमा छलफल भएको काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?