+
+

आदिवासी जनजाति चलचित्र महासंघ प्रदेश १ अध्यक्षमा राई

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १२ गते १२:१२

काठमाडौं । आदिवासी जनजाति चलचित्र महासंघ प्रदेश १ को नयाँ समिति गठन भएको छ । विराटनगरमा आयोजित आदिवासी जनजाति चलचित्र विषय देशव्यापी अभिमुखीकरण कार्यक्रममा ज्योतिराज राईको अध्यक्षतामा नयाँ समिति गठन भएको हो ।

थुप्रै फिल्म र टेलिफिल्म निर्माण गरिसकेका राई चलचित्र विकास बोर्डको आदिवासी मातृभाषी चलचित्र प्रवद्र्धन समितिको संयोजक समेत थिए । विभिन्न सामाजिक कार्यमा समेत सक्रिय राई निर्माता संघमा पनि सक्रिय छन् ।

महासंघ प्रदेश १ को उपाध्यक्षमा दीपनारायण राजवंशी, भुपेन्द्र तुम्बाहाम्फे लिम्बू, ध्रुव चौधरी, महासचिवमा सुमन तामाङ, सचिवहरुमा राजु माझी र सुरेन्द्रराज भुजेल र कोषाध्यक्षमा पेशलकुमार सुनुवार चयन भएका छन् ।

आदिवासी जनजाति चलचित्र महासंघले फिल्म प्रवद्र्धनका लागि सबै प्रदेशमा अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?