+
+

नेपाल-अमेरिका फिल्म फेस्टिभलमा ‘गड्ज बफेलो’ र ‘हल्कारा’ सर्वोत्कृष्ट

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १३ गते १३:३८

काठमाडौं । फिल्म ‘हल्कारा’ले नेपाल-अमेरिका फिल्म फेस्टिभलमा उत्कृष्ट कथानक विधामा जित हासिल गरेको छ । विक्रम सापकोटा निर्देशित यो फिल्मले यसअघि केही अन्तर्राष्ट्रिय अवार्ड पनि जितेको छ ।

आइतबार सम्पन्न फेस्टिभलको पाँचौं संस्करणमा माइकल ब्राउन निर्देशित ‘वृक म्युलु’ले उत्कृष्ट डकेमेन्ट्री अवार्ड जित्यो । मञ्चमै पुगेर ‘हल्कारा’ निर्देशक सापकोटाले अवार्ड ग्रहण गरे ।

‘वृक म्युलु’ पहिलो पटक स्क्रिनिङ गरिएको थियो । नेपाली पानारोमा अन्तर्गत मोहन राई निर्देशित फिचर फिल्म ‘वान नाइट इन काठमाडौं’ले अवार्ड जित्यो । सर्ट फिल्म विधाको पुरस्कार विष्णु कल्पित निर्देशित ‘गड्स बफेलो’ले जित्यो । अमेरिकाको मेरिल्यान्डस्थित पुरानो ग्रिनबेल्ट थिएटरमा भौतिक उपस्थिति र ‘भर्चुअल’ रूपमा जुन २३ देखि चार दिनसम्म फेस्टिभल आयोजना भएको थियो ।

फेस्टिभल उद्घाटन मेरिल्यान्ड राज्यका सांसद ह्यारी भण्डारी र कला तथा योजना आयोगका संयोजक फिल्ड डेबिजले गरेका थिए । जुन २६ मा निर्देशक माइकल ब्राउनको वृत्तचित्र ‘वृक म्युलु’ र एरिक स्पिंकको लघु चलचित्र ‘द लिप रिडर’ स्क्रिनिङपछि महोत्सव समापन गरिएको छ ।

फेस्टिभलमा नेपाल, अमेरिकासहित १२ देशका ३८ फिल्म प्रदर्शन भएका थिए । उत्कृष्ट फिल्मलाई निर्णायकले पुरस्कार घोषणा गरे । नेपालबाट अनुप सुवेदी, अमेरिकाबाट रिबेका बिसमानते, निना स्ट्रिच्क, भवानी राओ, डेब्रा जनसन, फारिड बोजोरमेयर र पोर्सिया कोब निर्णायकको रुपमा थिए ।

नेपाल-अमेरिका फिल्म सोसाइटीले आयोजना गरेको महोत्सवमा चलचित्र प्रदर्शनपछि निर्माता-निर्देशक तथा कलाकारसँग छलफल समेत गरिएको थियो । यस वर्ष नेपालबाट कान्स फिल्म फेस्टिभलमा पुगेका निर्देशक अविनाशविक्रम शाह र अभिनेत्री सुरक्षा पन्तसँग पनि ‘भर्चुअल’ संवाद गरिएको थियो ।

१० पुरस्कृत फिल्मको सूची

उत्कृष्ट डकुमेन्ट्री : ‘वृक म्युल’, माइकल ब्राउन (बेलायत)

उत्कृष्ट कथानक : ‘हल्करा’ले विक्रम सापकोटा (नेपाल)

उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म : ‘द इनर ग्लो’, (भेनेजुएला)

इम्पावरमेन्ट अवार्ड : स्ट्रोङ्गर’, बेलमाया नेपाली (नेपाल-बेलायत)

फ्रिडम एक्प्रेसन अवार्ड : ‘द स्टाचु’, मोहसेन सालेही फर्द (इरान)

उत्कृष्ट अनुभवी अवार्ड : फोबिया’ अन्ना क्लारा हर्मोजेनेस फरेरा (ब्राजिल)

वेस्ट सर्ट न्यारेटिभ : ‘गड बफेलो’ विष्णु कल्पित (नेपाल)

वेस्ट सर्ट न्यारेटिभ : ‘डम्पिप्लङ’ किनकाई याङ (चीन)

उत्कृष्ट मेन्सन अवार्ड : ‘वाइल्ट फायर’ श्याम कार्की, (नेपाल)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?