+
+
बजेट निर्माण प्रकरण :

सीसी टिभी फुटेज उपलब्ध गराउन माग गर्दै मञ्चले दियो अर्थमन्त्रालयमा निवेदन

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १३ गते १८:२९

१३ असार, काठमाडौं । आर्थिक विधेयकमा करका दरहरु हेरफेर गर्न अनाधिकृत व्यक्तिको संलग्नताबारे अध्ययन गर्न भन्दै उपभोक्ता अधिकारबादी संस्था उपभोक्ता हित संरक्षण मञ्चले अर्थ मन्त्रालयसँग क्लोज सर्किट टेलिभिजन (सीसी टिभी) दृश्य माग गरेको छ ।

सोमबार सूचनाको हक अन्तर्गतको निवेदन मन्त्रालयमा पेश गर्दै मञ्चले चालु आर्थिक वर्ष र आगामी आवको बजेट निर्माण अवधिको दुई रातको क्लोज सर्किट टेलिभिजन (सीसी टिभी) दृश्य उपलब्ध गराउन माग गरेको हो ।

मन्त्रालयका सूचना अधिकारीलाई सम्बोधन गर्दै मञ्चका सचिव जयप्रसाद पौडेलले पेश गरेको निदेवनमा चालु आर्थिक वर्षको प्रतिस्थापन विधेयकमा करको दर फेरको दिन २०७८ भदौ २४ गते राति र आगामी आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको अन्तिम दिन (२०७९ जेठ १४ गते) रातिको श्रव्य दृश्य माग गरिएको छ ।

२४ भदौको राति ११ बजेदेखि बिहान ६ बजेसम्म र गत १४ जेठ साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म १२ घण्टाको क्लोज सर्किट टेलिभिजन (सीसी टिभी) दृश्य उपलब्ध गराइदिन मञ्चले मन्त्रालयसँग अनुरोध गरेको छ ।

मञ्चले निवेदनमार्फत विधेयक तर्जुमा गर्दा मन्त्रालय परिसर, अर्थ तथा राजश्व सचिवको कार्यकक्ष र मन्त्रीको कार्यकक्षमा भएको ओहोर दोहोरको सम्पूर्ण दृश्य उपलब्ध गराइदिन अनुरोध गरेको छ ।

सूचनाको हकसम्बन्धी ऐन २०६४ को दफा ३ र ७ बमोजिम यस्तो निवेदन दिइएको पनि मञ्चले जनाएको छ ।

हेर्नुहोस् विज्ञप्तिः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?