+
+

विम्बल्डनको पहिलो खेल जितेर जोकोभिचले बनाए कीर्तिमान

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १३ गते २१:३३

काठमाडौं । विश्व वरीयताको शीर्ष स्थानमा रहेका सर्वियाली खेलाडी नोभाक जोकोभिचले ग्रासकोर्टमा खेलिने एकमात्र ग्रान्डस्लाम टेनिस विम्बल्डनको नयाँ संस्करणमा विजयी सुरुवात गरेका छन् ।

लन्डनको प्रख्यात सेन्ट्रल कोर्टमा भएको खेलमा जोकोभिचले दक्षिण कोरियाका क्वान सून वूमाथि ३-१ को सेटमा जित निकालेका हुन् ।

पहिलो सेट ६-३ ले जितेका जोकोभिचले दोस्रो सेट ३-६ ले गुमाएका थिए । गत वर्ष पहिलोपल्ट एटीपी टूर उपाधि जितेका क्यानको कठिन चुनौती पन्छाउँदै प्रतियोगिताको साविक विजेता जोकोभिचले त्यसपछिका २ सेट क्रमश: ६-३ र ६-४ ले जिते ।

वर्षाका कारण बाँकी सवै कोर्टका खेल रोकिएको अवस्थामा सेन्ट्रल कोर्टको छत बन्द गरी यो खेल आयोजना गरिएको थियो । जोकोभिचले क्वानलाइ हराउन २ घण्टा ३० मिनेट कोर्टमा बिताएका थिए ।

विम्बल्डनमा जोकोभिचको यो ८० औं जित हो । उनी चारै ग्रान्डस्लाममा ८० भन्दा बढी जित निकाल्ने इतिहासकै एकमात्र खेलाडी बनेका छन् ।

ऐतिहासिक जितपछि जोकोभिचले प्रतिस्पर्धी क्वानको प्रशंसा गरेका छन् । उनले ग्रान्डस्लामका चारै प्रतियोगितामा १०० जित निकाल्ने इच्छा सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?