+
+

१७ वर्षपछि ब्राजिलियन क्लबमा फर्किए फर्नान्डिन्हो

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १४ गते १२:१७

१४ असार, काठमाडौं । म्यानचेस्टर सिटीका पूर्वकप्ताने फर्नान्डिन्हो ब्राजिलियन क्लब एथ्लेटिको परानाएन्समा अनुबन्धित भएका छन् ।

३७ वर्षीय ब्राजिलियन मिडफिल्डर फर्नान्डिन्हो १७ वर्षपछि पुरानै क्लब फर्किएका हुन् । उनी सन् २००५ मा पारानाएन्सबाटै युक्रेनी क्लब साख्तर डोनेक्स गएका थिए ।त्यसपछि २०१३ मा म्यानचेष्टर सिटी पुगेका उनले त्यहाँ ९ वर्ष बिताएर २०२१-२२ पछि सिटी छाडेका थिए ।

फर्नान्डिन्होले सिटीका लागि ५ प्रिमियर लिग उपाधि जितेका छन् ।

एथ्लेटिको पारानाएन्सको प्रशिक्षकमा हाल चेल्सीका पूर्व प्रशिक्षक लुइस फिलिपे स्कोलारी छन् ।

फर्नान्डिन्होले ब्राजिल बाहेक अन्य देशका क्लबबाट पनि प्रस्ताव आएको तर घरेलु क्लब पर्कनु उचित रहेको बताएका छन् ।

उनले बफ्नो निर्णयलाई समर्थन गर्ने परिवारलाई धन्यवाद दिएका छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?