+
+

इसेवाबाट मनकामना केबलकारको टिकट काट्दा हिराको हार जित्ने अवसर

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १४ गते १७:३४

काठमाडौं । इसेवाले मनकामना केबलकारको टिकट काट्दा हिराको हार लगायत अन्य थुप्रै पुरस्कार जित्न सकिने योजना ल्याएको छ ।

यस योजना अन्तर्गत मनकामना केबलकारको टिकट काट्दा एक जनाले हिराको हार, एक जनाले आइफोन १३, एक जनाले स्माार्ट टिभी र एक जनाले वासिङ मेसिन जित्न सकिनेछ । ३१ साउनसम्म सञ्चालन हुने यस योजनामा विजेता ४ जनाले आफूले रोजेको पुरस्कार प्राप्त गर्न सक्नेछन् ।

इसेवाका अनुसार विजेताहरु गोलाप्रथा मार्फत चयन गरिनेछ । यस योजनामा इसेवा मार्फत मनकामना केबलकारको टिकट खरिद गर्ने व्यक्ति सहभागी हुनेछन् । यस योजनामा सहभागी हुन इसेवामा भेरिफाइ (प्रमाणित ) भएको हुनुपर्नेछ ।

अनलाइनमार्फत कारोबारमा प्रोत्साहन गर्नका लागि इसेवाले विभिन्न समयमा यस किसिमका कार्यक्रम सार्वजनिक गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?