+
+

त्रिवि कर्मचारी संघमा एमालेको प्यानलै विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १५ गते १२:५५

१५ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) कर्मचारी संघको १२औं निर्वाचनमा एमाले निकट कर्मचारीको प्यानलै विजय भएको छ ।

असार १० गते नयाँ नेतृत्वका लागि भएको चुनावमा प्रजातान्त्रिक-वाम लोकतान्त्रिक गठबन्धनलाई हराउँदै अध्यक्षमा एमाले निकट छत्रबहादुर कार्की विजयी भएका हुन् ।

मंगलबार राति सकिएको मतगणना अनुसार कार्कीले २४४१ मत पाए भने गठबन्धनका उम्मेदवार पूण्यप्रसाद आचार्यले १९२७ मत ल्याए ।

त्यस्तैगरी संघको महासचिवमा प्रगतिशील कर्मचारी समूहकी सिर्जना भोमीले २१९३ मत ल्याएर विजयी भइन् । गठबन्धनका दुर्गाप्रसाद तिमिल्सिनाले १८८४ मत प्राप्त गरेका छन् । महासचिवमा स्वतन्त्र उम्मेदवारी दिएका प्रदीप सापकोटाले १५० मत पाए ।

एक वरिष्ठ उपाध्यक्ष, सात उपाध्यक्ष, महासचिवसहित २५ सदस्यीय केन्द्रीय समितिमा सबैमा एमालेनिकट कर्मचारी विजयी भएका छन् ।

संघमा यसअघि कांग्रेस निकट कर्मचारीले सबै पदमा जितेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?