+
+

कागतीको रिफ्रेसिङ स्वादमा नयाँ स्प्राइट बजारमा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १५ गते १६:३५

काठमाडौं । लाइम–लेमन पेय पदार्थ स्प्राइटले कागतीको रिफ्रेसिङ ताजा स्वादमा नयाँ स्प्राइट बजारमा ल्याएको छ ।

कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले उपभोक्ताहरूको माग र रोजाइ अनुसारको स्वाद प्रदान गर्न कम्पनी सधैं प्रयासरत रहेको बताए । स्प्राइटले पहिलेदेखि नै उपभोक्ताहरुको तन र मन दुवैलाई स्फूर्ति प्रदान गर्दै आएको उनको भनाइ छ ।

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले कागतीको रिफ्रेसिङ स्वाद भएको नयाँ स्प्राइट लन्च गर्न पाउँदा निकै उत्साहित भएको बताए । नयाँ स्वादको नयाँ स्प्राइट लेमनले उपभोक्ताहरूको मन जित्ने विश्वास आफूहरुले गरेको उनले बताए ।

नयाँ स्प्राइट उपभोक्ताहरूको माग अनुसार विभिन्न साइज र बोतलहरूमा उपलब्ध रहेको कम्पनीको भनाइ छ । ग्लास बोतलमा स्प्राइट १७५ मिलि तथा २५० मिलि र पेट बोतलहरूमा २५० मिलि, ५०० मिलि, १ लिटर, १.५ लिटर, २.२५ लिटरको प्याक साइजमा बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

कोका–कोला नेपालले टेलिभिजनमा नयाँ स्वादको स्प्राइटको विज्ञापन समेत गरेको छ । विज्ञापनमा स्प्राइटका ब्रान्ड एम्बेसडर अनमोल केसीले अभिनय गरेका छन् । युवा पुस्ताका लागि लक्षित यो विज्ञापनले “स्प्राइटसँग रिफ्रेस्मेन्ट” भन्ने सन्देश दिँदै दर्शकहरुलाई स्प्राइट पिउन उत्प्रेरित गर्ने विश्वास कम्पनीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?