+
+

शनिबारदेखि पहिलो खुल्ला महिला गल्फ प्रतियोगिता

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १६ गते १६:२४

१६ असार, काठमाडौं । रोयल नेपाल गल्फ क्लबद्धारा आयोजित पहिलो खुल्ला महिला गल्फ प्रतियोगिता आयोजना हुने भएको छ ।

प्रतियोगिता एयरपोर्टस्थित रोयल नेपाल गल्फ क्लबको मैदानमा शनिबार आयोजना हुन लागेको हो ।

रोयल नेपाल गल्फ क्लबको १०४ बर्ष लामो इतिहासमा यो पहिलो पटक हुन लागेको प्रतियोगिताका लागि नेपाल भरिका ५० जना प्रतिस्पर्धीले भाग लिने छन् ।

प्रतियोगितामा सिनियर र जुनियर गरि दुई समुहमा विभाजन गरेर गर्न लागिएको हो । सिनियरले १८ होल खेल्नेछन्, भने जुनियर खेलाडीले भने ९ होलमा खेल्नेछन् । जुनियर समुहमा ८ देखि १६ वर्षसम्मको समुह छ ।

प्रतियोगिताको सिनियर तर्फका विजेता खेलाडीले ट्रफिसँगै स्कुटर पुरस्कार पाउने छन् । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले विजेतालाई पुरस्कार वितरण गर्ने छिन् ।

यो कार्यक्रम नेपालमा महिला गल्फ खेलाडी उत्पादनका लागि हुन लागेको कार्यक्रमकी सञ्चार संयोजक सरिता श्री ज्ञवालीले जानकारी दिएकी हुन् ।

बिहीबार भएको पत्रकार सम्मेलनमा आयोजक रोयल नेपाल गल्फ क्लब र मुख्य प्रायोजकको रुपमा रहेको आश्रीया कम्पनीले यस प्रतियोगिताका बारेमा जानकारी दिएको हो ।

कार्यक्रममा नेपालको पहिलो नम्बरकी महिला गल्फ खेलाडी प्रतिमा शेर्पा, महिला क्याप्टेन तथा स्पोन्सर आश्रीया भानु तथा रोयल नेपाल गल्फ क्लबका क्याप्टेन तथा उपाध्यक्ष रहेका थिए ।

‘यो कार्यक्रमले महिलाहरुलाई गल्फ क्षेत्रमा आकर्षित गर्न नेपालमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको महिला गल्फ खेलाडी उत्पादन गर्नमा टेवा पु¥याउँछ’, कार्यक्रममा उपस्थित नेपालको पहिलो नम्बरकी महिला गल्फर प्रतिमा शेर्पाले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?