+
+

हाम्रो पात्रोले सुरु गर्‍यो इ-लर्निङ प्लेटफर्म

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १६ गते १७:३६

काठमाडौं । नेपालको लोकप्रिय एप हाम्रो पात्रोले नयाँ फिचरको रूपमा ‘हाम्रो लर्निङ सेन्टर’ सञ्चालनमा ल्याएको छ । एउटै एपमार्फत विभिन्न सेवाहरू दिँदै आएको हाम्रो पात्रोले डिरयवाक सिफल स्कुलसँगको सहकार्यमा यो सुविधा विटा भर्सनको रूपमा ल्याएको हो ।

हाम्रो पात्रोले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्रोत र साधनको अभावमा अधिकांश विद्यार्थिहरू गुणस्तरीय शिक्षाबाट वञ्चित हुनु परेको छ। समयमा पाठ्य पुस्तकहरू उपलब्ध नहुने र उचित मार्गदर्शन गर्ने शिक्षकहरूको अभावको कारणले धेरै विद्यार्थीहरूले शिक्षामा समस्या भोग्नु परिरहेको छ । प्रायः विद्यालयमा दक्ष शिक्षकको कमि आम विद्यार्थीहरूले महसुस गर्ने गरेका छन् । यो दुर्गम र गाउँहरूको मात्र नभएर पूरै नेपालको साझा कथा हो । विद्यार्थी र गुणस्तरीय शिक्षा बीचको दुरी हाम्रो लर्निङ सेन्टरले कम गर्ने भएको छ । प्रविधिले यो समस्यामा पुलको भूमिका खेल्ने छ।’

हाम्रो पात्रो इंक. का फाउन्डर/सीईओ शंकर उप्रेतीले यो लर्निङ सेन्टरले नेपालको शिक्षामा सकारात्मक परिवर्तन गर्दै आममानिसको पहुँचमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए । यस लर्निङ सेन्टरलाई समय अनुकूल परिमार्जन गर्दै लैजाने र सबै विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रविधिका माध्यमबाट उपलब्ध गराउन कदम चाल्दै जाने उनको भनाइ छ ।

हाम्रो पात्रोका सीईओ शंकर उप्रेती र डियरवाक सिफल स्कुलका अध्यक्ष हितेश कार्की बीच सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रमा १५ असारमा हस्ताक्षर भएको थियो ।

यो सहकार्यसँगै हाम्रो पात्रोमा महत्वपूर्ण शैक्षिक सामग्रीहरू उपलब्ध हुँदा अझ धेरै विद्यार्थीहरू लाभान्वित हुने कार्कीको भनाइ छ ।

यस लर्निङ सेन्टरका माध्यमबाट विभिन्न शैक्षिक संस्थाहरूले सजिलै आफ्ना शैक्षिक सामग्रीहरू उपलब्ध गराउन सक्छन् । हाललाई डियरवाक सिफल स्कुलका लेक्चरहरू सबै विद्यार्थीहरूले निःशुल्क अध्ययन गर्न सक्छन् । ४ कक्षादेखि ११ कक्षासम्मका विभिन्न विषयका शैक्षिक भिडियोहरू उपल्बध रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?