+
+

ठोरीमा आतंक मच्चाउने बाघ नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १९ गते ९:२४

१९ असार, काठमाडौं । पर्साको ठोरीमा आतंक मच्चाएको बाघलाई चितवन राष्ट्रिय निकुञ्जको टोलीले नियन्त्रणमा लिएको छ ।

एक सातादेखि ठोरी गाउँपालिका-१ मा गाउँ पसेर आतंक मच्चाएको पाटे बाघलाई निकुञ्जका बगही सेक्टरका सहायक वार्डेन प्रमोद यादवको टोलीले नियन्त्रणमा लिएर कसरा लगेको हो ।

इन्जेक्सनको माध्यमबाट बेहोस बनाएर शनिबार नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जको वन्यजन्तु एम्बुलेन्सद्वारा कसरा लगिएको निर्मल ठोरी उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेतले जानकारी दिए।

बाघ नियन्त्रणमा लिन एक सातादेखि तीन व६ हात्तीको समेत प्रयोग गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?