+
+

कार्यकर्तालाई खुट्टा ढोगाएको भन्‍दै माओवादी नेता मण्डलको आलोचना

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १९ गते ११:४७

१९ असार, विराटनगर । कार्यकर्तालाई खुट्टा ढोगाएको भन्दै नेकपा माओवादी केन्द्रका नेता शिवकुमार मण्डलको आलोचना भएको छ । शनिबार बेलुका आफ्नो विवाहको वार्षिकोत्सव कार्यक्रममा मण्डलले कार्यकर्तालाई खुट्टा ढोगाएको भन्दै आलोचना भएको हो ।

वैवाहिक वर्षगाँठ मनाउन भन्दै शनिबार बेलुका देवा यादवसहितका माओवादीका कार्यकर्ताहरु विराटनगर महानगरपालिका वडा नं. १ स्थित मण्डलको घर पुगेका थिए । केक काटेपछि कार्यकर्ताहरुलाई उनले टीका लगाइदिन्छन् । टीका थापेका कार्यकर्ता देवा यादवसहित अरूले पनि निहुरिएर मण्डलको खुट्टा छुन्छन् । मण्डलले उनीहरूलाई रोक्न पनि नखोजेको भिडिओमा देखिन्छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले उक्त भिडिओ सेयर गर्दै कार्यकर्तालाई खुट्टा ढोगाएको भनेर मण्डलको आलोचना गरिरहेका छन् । मोरङको क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित मण्डल पूर्वमन्त्री पनि हुन् ।

उनले यो आफूहरुको पारिवारिक संस्कार भएकाले आलोचनाको विषय नभएको बताए । ‘आफूभन्दा जेठोलाई ढोग्ने हाम्रो परम्परा छ,’ उनले भने, ‘कार्यकर्ताको रूपमा होइन, आशिर्वादका लागि खुट्टा ढोगेजस्तो गरेका हुन्, म पनि अग्रजलाई ढोग्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?