+
+

चुनावसम्म सत्ता गठबन्धन सग्लो रहन्न : उपमहासचिव गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १९ गते १७:३८

१९ असार, काठमाडौं । नेकपा एमालेले अहिलेको सत्तारुढ गठबन्धन आगामी निर्वाचनसम्म कायम हुनेमा विश्वास नभएको बताएको छ ।

पार्टीको सचिवालय बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा प्रचार विभाग प्रमुख उपमहासचिव पृथ्वी सुब्बा गुरुङले गठबन्धनमा रहेका दलहरुबीचको आपसी अविश्वासका कारण गठबन्धन कायम हुन्छ भन्नेमा विश्वास नभएको बताए ।

‘गठबन्धनमा रहेका दलहरुमा एक अर्कापति अविश्वास छ, कांग्रेसले माओवादीलाई अपमानित गर्‍यो भन्ने छ । पार्टीभित्र फरक मत र गुटहरु देखापरेको छ यो चिज हेरौं न कसरी जाँदो रहेछ’ उनले भने । उनले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरुसँग एमाले नेताहरुको छलफल भइरहेको पनि बताए ।

जनता समाजवादी पार्टी विभाजनको संघारमा रहेको र विभाजनपछि विभाजित दल कुन दलसँग तालमेलमा जान्छ भन्ने अहिले नै टुंगो नलागेको भन्दै उपमहासचिव गुरुङले भने, ‘हामी हातखुट्टा बाँधेर बस्ने कुरा हुँदैन ।’

उनले अघि भने, ‘अहिलेको शक्ति संरचना भत्किने देखिन्छ, पार्टीहरुमा अन्तरविरोध सुरु भइसकेको छ । जे होस् गठबन्धन सग्लो रुपमा रहन्छ भन्ने विश्वास छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?