+
+

बच्चाको कपडाको टाँकभित्र सुन राखेर तस्करी 

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २० गते २०:०९

२० असार, काठमाडौं । दुबईबाट काठमाडौं आएका एक यात्रुले बच्चाले लगाउने पोशाकको टाँकभित्र सुन राखेर नेपाल भित्र्याएको पाइएको छ । सोमबार बिहान करिब ११ बजे दुबईबाट काठमाडौं आएका सुमन दमाइ नाम गरेका यात्रुको लगेज चेकजाँच गर्ने क्रममा टाँकभित्र सुन राखेर तस्करी गरेको पाइएको हो ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अनुसार सुमनले ल्याएको लगेज चेकजाँच गर्ने क्रममा नाबालकले लगाउने सिंगल पिस पोशाक ५ थानको टाँकभित्र सुन रहेको पाइएको हो । लगेजभित्र राखिएको नाबालकले लगाउने सिंगल ५ थान पोशाकमा स्टिलको टाँकभित्र लुकाइछिपाइ राखिएको ६० वटा सुनका रिङ् फेला परेको भन्सार कार्यालयले जनाएको छ ।

भन्सार कार्यालयका अनुसार बरामद उक्त सुनसहित ती यात्रुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको छ । बरामद सुनको तौल करिब १२५ ग्राम रहेको छ ।

भन्सार कार्यालयअनुसार पक्राउ परेका सुमन भिजिट भिसामा दुबई गएको र काम गर्ने अवसर नपाएर नेपाल फर्कने क्रममा सो लगेज बोकेर आएको पाइएको हो । दुबई एयरपोर्टमा अपरिचित व्यक्तिले बच्चाका लागि उपहार स्वरुप उक्त पोशाक नेपालसम्म पुर्‍याइदिन अनुरोध गरेकोले बोकेर आएको बयान सुमनले दिएको भन्सार कार्यलयले बताएको छ । बरामद सुन स्टिल बटनको भित्री भागमा फिट गरी राखिएको र झट्ट हेर्दा फलामको टुक्रा जस्तै देखिने किसिमको रहेको विभागको भनाइ छ।

सामान्यतया एउटा धातुभित्र अर्को धातु लुकाईछिपाई ल्याउँदा पहिचान गर्न कठिन हुन्छ भन्ने योजना अनुसार नै बटनभित्र सुन फिट गरी पठाइएको हुनसक्ने विभागको भनाइ छ ।

पक्राउ परेका सुमनको मात्र संलग्नता छ वा अन्य कुनै व्यक्तिको पनि छ भन्ने विषयमा थप अनुसन्धान भइरहेको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?