+
+

कांग्रेसको पदाधिकारी बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २१ गते ७:५६

२१ असार, काठमाडौं । समसामयिक राजनीतिक अवस्था लगायतका विषयमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ ।

दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिका साथै आगामी २७ गते बोलाइएको केन्द्रीय समिति बैठकका एजेण्डाका विषयमा छलफल हुने छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठकमा स्थानीय तहको समीक्षा र भ्रातृ तथा शुभेच्छुक संस्थाका विधान लगायतका विषयमा पनि छलफल हुने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?