+
+

पर्यटन क्षेत्रमा नयाँ जनशक्ति उत्पादन गर्न नाथमले प्रदेशमा शाखा विस्तार गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २१ गते १८:३४

२१ असार, काठमाडौं । पर्यटकीय जनशक्ति उत्पादनमा काम गरिरहेको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) ले अब प्रदेशस्तरमा शाखा विस्तार गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार आगामी आर्थिक वर्ष २०७९/८० मा यस्तो योजना रहेको छ ।

योजनामा भनिएको छ, ‘सबै प्रदेशमा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका शाखा विस्तार गरी सञ्चालनमा ल्याउने ।’ यसबाट होटल तथा ट्राभल, ट्रेकिङ विषयमा मध्यम तथा उच्च गुणस्तरको जनशक्ति विकास हुने मन्त्रालयको भनाइ छ ।

नाथमको शाखा पूर्वमा झापाको विर्तामोड र महोत्तरीको बर्दिवाससहितका क्षेत्रमा सञ्चालनको तयारी छ ।

मन्त्रालयको तथ्यांक अनुसार अहिले देशभर ४ हजार ५५७ टुर गाइड, १९ हजार १६६ ट्रेकिङ र ३२४ रिभर गाइडले लाइसेन्स लिइसकेका छन् । यी जनशक्ति उत्पादनमा नाथमले मूख्य भूमिका खेलेको छ ।

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७७/७८ मा नाथमबाट २५२ जना विद्यार्थीले व्याचलर अफ होटल म्यानेजमेन्ट उत्तीर्ण गरेका छन् । १६८ जनाले व्याचलर अफ ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट उत्तीर्ण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?