+
+

अर्थमन्त्रीको विवादबारे छानबिन गर्न संसदीय समिति बनाउन उपसभापति खड्काको माग

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २२ गते ८:१९

२२ असार, काठमाडौं । नेपाल कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अर्थमन्त्री जनार्दन शर्माको विवादबारे तत्काल छानबिन गर्न माग गरेका छन् ।

बजेट निर्माणका विषयमा विवादित बनेका अर्थमन्त्री शर्माबारे छानबिन गर्न संसदीय समिति बनाउन उपसभापति खड्काले माग गरेका हुन् ।

बजेट निर्माणको बेलाको विषय संसद र संसद बाहिर चासोको रुपमा हेरिएको भन्दै उनले यसलाई विश्वासिलो तरिकाले समाधान गर्न संसदीय छानबिन समिति बनाउन माग गरेका हुन् ।

‘बजेट निर्माणको बेलाको विषयसमेतलाई जोडेर संसद र आमजनमानसको गम्भीर चासोको विषय बनिसकेपछि यो विषयलाई विश्वासिलो तरिकाले समाधान गर्न संसदिय छानबिन समिति बनाएर यथार्थ कुरा सार्वजनिक गरिनु ठीक हुन्छ।विगतमा पनि संसदको यस्तो परम्परा छ।बरु ढिलो नगरौं आजै टुङ्गो लगाउँ,’ खड्काले भनेका छन् ।

यसअघि कांग्रेसकै महामन्त्री गगनकुमार थापाले अर्थमन्त्रीलाई प्रधानमन्त्रीले राजीनामा गराएर छानबिन गर्नु पर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?