+
+

नाडाल संघर्षपूर्ण जितसहित सेमिफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २३ गते ८:४७

२३ असार, काठमाडौं । विश्व नम्बर दुई टेनिस राफायल नाडाल संघर्षपूर्ण जितसहित विम्बल्डन ओपनको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सेन्टर कोर्टमा बुधबार राति भएकाे खेलमा नाडालले अमेरिकाका टेलर फ्रिट्जलाई ५ सेटकाे खेलमा हराए ।

नाडालले टेलरलाई ३-६,७-५,३-६,७-५, ७-६ (१०-४) को सेटमा हराए ।

कीर्तिमानी २२ ग्रान्डस्लाम जितेका नाडालले फाइनल प्रवेशका लागि निक किर्गियाेससँग खेल्ने छन् ।

निकले क्रिस्टियन गारिनलाई ६-४, ६-३, ७-६ ले हराए ।

यसअघि नै नोभाक जोकोभिच र क्यामरुन नोरीले सेमिफाइनलमा स्थान बनाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?