+
+

माइकल ज्याक्सनका तीन गीत स्ट्रिमिङ प्लेटफर्मबाट हटाइए, नक्कली भएको आशंका

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २३ गते १४:२५

काठमाडौं । नक्कली आवाज समावेश भएको हुनसक्ने कारण देखाउँदै ठूला स्ट्रिमिङ प्लेटफर्महरु स्पटीफाइ र एप्पल म्युजिकले माइकल ज्याक्सनका तीन गीतलाई हटाएका छन् ।

सोनी म्युजिक र ज्याक्सन प्रतिष्ठानले पनि ती गीत हटाइएको घोषणा गरेका छन् । हटाइएका गीतमा ब्रेकिङ न्युज, किप योर हेड अप र मोन्स्टर बोलका गीत छन् । यी सबै गीत सन् २०१० को एल्बम ‘पोस्टथोमस’मा संग्रहित थिए ।

ती गीतमा नक्कली आवाज भएको हुनसक्ने कारण देखाउँदै ज्याक्सनका प्रशंसकले अदालतमा मुद्दा दायर गरेका थिए । सोनी म्युजिक र ज्याक्सन प्रतिष्ठानले गीत हटाउनुको अर्थ ती गीतको सत्यतासँग सम्बन्ध रहेको बताएका छन् ।

‘गीतबारे उठेका विवादलाई साम्य तुल्याउन यी कदम चालिएका हुन्,’ गीत हटाउनुपर्ने कारणबारे सोनी र प्रतिष्ठानले उल्लेख गरेका छन् । उनका परिवारले समेत सार्वजनिक गीतहरु माइकलले नै गाएका हुन् भनेर शंका गरिरहेका थिए ।

ज्याक्सनका भतिजाले ट्वीटरमार्फत ती गीत ज्याक्सनले गाएकोजस्तो नदेखिएको उल्लेख गरेका छन् । सन् २०१४ मा ज्याक्सनका फ्यान भेरा सरोभाले केही स्ट्रिमिङ प्लेटफर्मले नक्कली गीतबाट लाखौं कमाइ गरेको भन्दै अदालतमा उजुरी दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?