+
+

अर्थतन्त्रको समस्या समाधान हुने गरी मौद्रिक नीति ल्याउन परिसंघको माग

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २३ गते १५:१०

२३ असार, काठमाडौं । मुलुकको अर्थतन्त्रको समस्या समाधान गर्ने गरी मौद्रिक नीति ल्याउन नेपाल उद्योग परिसंघले प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेको छ । परिसंघले बिहीबार मुलुकको आर्थिक अवस्था, बजेट कार्यान्वयन, मौद्रिक नीति, नवप्रवर्तन उद्यम प्रोत्साहनलगायत विषयमा प्रधानमन्त्रीसँग छलफल गरेको हो ।

परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको टोलीले बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेको हो । परिसंघले मुलुकको पछिल्लो आर्थिक अवस्था र सुधार्न चालिनु पर्ने कदम, बजेटको सफल कार्यान्वयनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताएको छ ।

लगानी योग्य रकमको अभाव र समाधान गर्न आगामी मौद्रिक नीतिमार्फत सम्बोधन गर्न चालिनु पर्ने विषय, विदेशी विनिमय सञ्चिति, लगानी प्रवर्द्धन गर्न तत्काल एवं दीर्घकालीन रुपमा लिइनुपर्ने नीतिका विषयमा पनि प्रधानमन्त्रीसँग छलफल भएको संघले जनाएको छ । विश्वव्यापी रुपमा देखिएको इन्धन संकट र त्यसले देशको अर्थतन्त्रमा पारेको असरका विषयमा पनि छलफल भएको छ ।

परिसंघका अध्यक्ष अग्रवालले मुलुकको आर्थिक अवस्थाको विषयमा जानकारी गराउँदै बैंक तथा वित्तीय क्षेत्रमा भएको तरलता अभाव सुधार्न चालिनुपर्ने कदमबारे जानकारी गराएका थिए । तरलता अभावका कारण नयाँ उद्योग, लगानी विस्तार हुन नसकिरहेको अवस्था एवम तरलता समस्या समाधानमा आगामी मौद्रिक नीतिमार्फत सम्बोधन गरिनुपर्ने उनले बताए ।

अध्यक्ष अग्रवालले परिसंघका गतिविधि, आगामी २३ र २४ भदौमा हुने पूर्वाधार सम्मेलनसहितका विषयमा प्रधानमन्त्रीलाई जानकारी गराए । परिसंघले मुलुकको समग्र आर्थिक विकासका लागि सरकारले लिएका आर्थिक सम्बन्धी नीति, कार्यक्रममा सहकार्य गर्दै आएको र आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

छलफलमा प्रधानमन्त्री देउवाले परिसंघले उठाएका विषयलाई गम्भिर रुपमा लिंदै सकारात्मक सम्बोधन गर्ने आश्वासन दिएको संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?