+
+

सिभिल बैंकका ग्राहकलाई चरक मेमोरियल हस्पिटलमा २० प्रतिशतसम्म छुट

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २३ गते १८:५७

काठमाडौं । सिभिल बैंक लिमिटेडका ग्राहकले पोखराको चरक मेमोरियल हस्पिटलले दिने स्वास्थ्य सेवामा आकर्षक छुट पाउने भएका छन् । अस्पतालले उपलब्ध गराउने स्वास्थ्य सेवा छुटसम्बन्धी सम्झौतापत्रमा बैंक र अस्पतालबीच हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा बैकका तर्फबाट गण्डकी प्रदेशका प्रमुख समीर केसी र हस्पिटलका तर्फबाट अध्यक्ष रामचन्द्र रेग्मिले हस्ताक्षर गरे ।  सम्झौताअनुसार सिभिल बैंकका ग्राहकले चरक मेमोरियल हस्पिटलमा २० प्रतिशतसम्म छुट पाउने छन् । यस्तै फार्मेसीमा ५ प्रतिशत, ल्याब/बेड, रेडियोलोजी तथा अपरेसनमा लाग्ने शुल्कमा १० प्रतिशत र होल बडी चेकअपमा २० प्रतिशत छुट पाउने छन् ।

छुटको सुबिधा उपभोग गर्नका लागि सिभिल बैंकका ग्राहकले हस्पिटलको बिलको भुक्तानी बैंकको मोवाइल बैंकिङ एपमार्फत डिजिटल पेमेन्ट गर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?