+
+

अपर हेवाखोला हाइड्रोपावर आईपीओ आजबाट

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २४ गते ११:४०

४ असार, काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणका लागि जारी पूँजीको ३० प्रतिशतले हुन १५ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको हो । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको १५ लाख कित्ता आईपीओ निष्कासन बिक्री खुला गरेको छ ।

कम्पनीको सार्वजनिक निष्कासन गरेको सेयरमध्ये दुई प्रतिशत अर्थात ३० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोषमा सुरक्षित गरेको छ । बाँकी १३ लाख ९५ हजार कित्ता साधारण सेयरहरु धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ अनुसार सर्वसाधारणको लागि निष्कासन गरी बिक्री वितरण हुने कम्पनीले जनाएको छ ।

कम्पनीको आईपीओमा छिटोमा असार २८ गतेसम्म र उक्त अवधिमा निष्कासन हुने सेयर बिक्री हुनेगरी आवेदन नपरेमा भने आवेदन दिने अवधि ६ गतेसम्म थप हुनेछ । सर्वसाधारण लगानीकर्ताले कम्पनीको आईपीओमा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ता सम्मको लागि आवेदन दिन सक्नेछन् । आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर एप तथा वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा कम्पनीलाई केयर रेटिङ नेपालले केयर एनपी डबल बी आईएस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीले संखुवासभाको पाँचखपन नगरपालिका र चैनपुर नगरपालिको बीच भएर बग्ने भएर बग्ने हेवा खोला, झुत्रेखोला र खेकुवा खोलाको पानीबाट ८.५ मेगावाट क्षमताको अपर हेवाखोला साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।  आयोजनाको कूल अनुमानित लागत १ अर्ब ४२ करोड २८ लाख ७२ हजार ५१८ रुपैयाँ रहेको छ । यस्तै प्रतिमेगावाट लागत १६ करोड ७३ लाख ९६ हजार  ७६७ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?