+
+

सर्वोच्च अदालतले हरेक दिन हरेक इजलासमा ३२ वटा मुद्दा फर्स्यौट गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २४ गते १८:०४

२४ असार, काठमाडौं। सर्वोच्च अदालतले हरेक दिन हरेक इजलासमा ३२ वटा मुद्दा फर्स्यौट गर्नेगरी मुद्दा व्यवस्थापन रणनीति लागू गर्ने भएको छ ।

सर्वोच्च अदालतमा पुराना मुद्दाको छिनोफानो हुन नसकेर थुप्रिँदै गएपछि कार्ययोजना बनाएर पुराना मुद्दा फर्स्यौट गर्नेगरी मुद्दा व्यवस्थापन रणनीति लागू गर्ने भएको हो ।

शुक्रवार पत्रकार सम्मेलन गर्दै सर्वोच्चले अदालतमा विचाराधिन अवस्थामा रहेका पुराना मुद्दाहरु शून्यमा पुर्‍याउने लक्ष्य राखेको बताएको छ ।

मुद्दाहरुलाई शून्यमा झार्न प्रतिदिन प्रत्येक इजलासमा ३२ वटा मुद्दा फर्स्यौट गर्नुपर्ने अदालतले बताएको छ । पुराना मुद्दाको चाप घटाउन शुक्रबार आधा दिनको कार्यालय समय बढाएर बेलुका ५ बजेसम्म राख्ने योजना रहेको पनि अदालतले बताएको छ ।

पत्रकार सम्मेलनमा सर्वोच्च अदालतका सहायक रजिस्ट्रार विमल पौडेलले विचाराधीन अवस्थामा रहेका पुराना मुद्दा र सर्वोच्च अदालत मा ५ वर्षसम्म रहेका मुद्दाहरुलाई मुद्दा व्यवस्थापन प्रतिवेदनले तोकेअनुसार काम गर्ने बताए ।

पुराना मुद्दाको चापले अदालतको नियमित सुनुवाई समेत प्रभावित भएकोले आगामी साउन पहिलो हप्तादेखि पुराना मुद्दा शून्यमा झार्नेगरी काम हुने बताए ।

सर्वोच्च अदालतले तयार गरेको कार्ययोजना अनुसार ५ वर्ष पूरा भएका र रिट दर्ता भएर ३ वर्षदेखि पेसी नतोकिएका मुद्दाहरुको पेसी पुनः स्थगीत नहुने गरी तोकिने व्यवस्था कार्ययोजनामा राखिएको छ । पत्रकार सम्मेलनमा सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार नारायाण पन्थीले पुराना मुद्दाका पेसी नसर्ने गरी काम गर्न कानून व्यवसायीले समेत सकारात्मक भूमिका खेल्नुपर्ने बताए ।

यस्तै सर्वोच्च अदालतमा कानून व्यवसायीको पृष्ठभूमिबाट न्यायाधीश बन्नु भएकाहरुको ल फर्मबाट आएको पुराना धेरै मुद्दा हेर्न नमिल्ने अवस्थामा रहेको समस्यालाई कार्ययोजनाले पूर्ण इजलासमा राखेर हेर्न मिल्ने गरी सुल्झाएको छ ।

यस्तै निवेदन तहका मुद्दाहरु दर्ता भएको दिन नै प्रकृति हेरी तत्काल सुनुवाइमा लैजाने गरी काम गर्नेपनि सर्वोच्च अदालतले बताएको छ । सर्वोच्च अदालतले बनाएको कार्य योजनालाई न्यायाधीशहरुको पूर्ण बैठकले अनुमोदन गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?