+
+

यमबुद्धको सालिक बनाउन महानगरले छुट्यायो बजेट

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २४ गते २२:२३

२४ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले र्‍याप गायक यमबुद्धको सालिक निर्माण गर्ने भएको छ । महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा स्वर्गीय र्‍यापर यमबुद्धको सालिक निर्माण गर्ने गरी बजेट विनियोजन गरेको हो ।

महानगरपालिका स्रोतका अनुसार करिब १५ लाख रुपैयाँ यमबुद्धको सालिक निर्माणका लागि विनियोजन भएको छ । महानगरका मेयर बालेन साहको सचिवालयका अनुसार ‘हिपहप र नेपहप जेनरा’को श्रीवृद्धिका पुर्‍याएको योगदानको कदर गर्दै यमुद्धको सालिक निर्माण गर्न लागिएको हो ।

मेयर बालेका स्वकीय सचिव भुपदेव शाह र्‍यापर यमबुद्धले ‘नेपहप’लाई विश्वमाझ परिरिचत गराएर दिएको योगदानको कदर गर्दै यस्तो निर्णय गरिएको बताउँछन् ।

‘मेयरसाहब आफैं पनि यो जनराको र्‍याप गायक हुनुहुन्छ,’ उनले भने,‘यमबुद्धलाई नेपाली युवापुस्ताका धेरै र्‍यापरले आफ्नो आइडल मान्छन्, धेरै श्रोताले उहाँलाई सम्मान गर्नुहुन्छ, त्यसैलाई ध्यानमा राखेर महानगरले सम्मान स्वरुप सालिक बनाउने निर्णय गरेको हो ।’

साहले यमबुद्धको सालिक कहाँ स्थापना गर्ने भन्ने तय भने भइनसकेको बताए । तर, यमबुद्धलाई नेपाली श्रोताले सम्झिरहने गरी सालिक स्थापना हुने  साहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?