+
+

पटिहानीमा बन्यो १ अर्ब लगानीमा रिसोर्ट

सोल्टी होटलले व्यवस्थापन गर्ने

अच्युत पुरी अच्युत पुरी
२०७९ असार २६ गते १३:३३

२६ असार, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका-२२, पटिहानीमा निर्माण सम्पन्न भएको रिभरसाइड रोयल गार्डेन रिसोर्टलाई सोल्टी होटलले व्यवस्थापन गर्ने भएको छ ।

आइतबार रिसोर्ट सञ्चालक र सोल्टी होटलबीच व्यवस्थापन सम्झौता भएको छ । सोल्टी होटलका उपाध्यक्ष सुदर्शन चापागाईं र रिसोर्टका अध्यक्ष कल्याण जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

यससँगै यो रिसोर्ट अब ‘सोल्टी वेस्टेन्ड रिसोर्ट चितवन’का नामबाट सञ्चालन हुने भएको छ । अहिले सोल्टी होटलले सात वटै प्रदेशमा आफ्नो सेवा विस्तार गरिरहेको छ ।

सोही क्रममा सोल्टीले व्यवस्थापनका माध्यमबाट चितवनमा सेवा थालेको हो । उपत्यकाबाहिर सोल्टीको नेपालगञ्जमा आफ्नै पाँचतारे होटल विस्तार भइसकेको छ ।

१ अर्ब लगानी

रिसोर्टका एक सञ्चालक युवराज श्रेष्ठका अनुसार रिसोर्ट निर्माणमा १ अर्ब रुपैयाँ लगानी भइसकेको छ । ४० वटा कोठा र १२ भिल्लासहितको यो रिसोर्ट कुल ५ बिगाहा क्षेत्रफलमा फैलिएको छ ।

चितवनमा लक्जरी रिसोर्टको आवश्यकता यस रिसोर्टले गर्ने उनले बताए । स्वीमिङ पुलसहित आतिथ्य सेवाका सम्पूर्ण सुविधा दिने गरी रिसोर्ट बनेको उनको भनाइ छ । यसमा सोल्टी होटलको व्यवस्थापनले रिसोर्टको सेवालाई अझ उत्कृष्ट बनाउने उनले बताए ।

रिसोर्टमा युवराज श्रेष्ठ, विजय मल्ल, रमेश पिया, ऋषि न्यौपाने, महेन्द्रलाल प्रधान र चुँडामणि खनालको लगानी रहेको छ ।

सफ्ट ओपनिङ ३० साउनदेखि

रिसोर्ट ३० साउन (१५ अगष्ट २०२२)मा सफ्ट ओपनिङ गर्ने तयारी रहेको श्रेष्ठले जानकारी दिए । खासगरी आगामी पर्यटकीय सिजनलाई लक्षित गरी रिसोर्टले सेवा थाल्ने तयारी गरेको हो ।

रिसोर्ट निर्माणको काम सन् २०१७ बाट सुरु भएको थियो ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?