+
+

स्रष्टालाई सम्मान गर्नु राष्ट्रिय दायित्व हो : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले स्रष्टालाई सम्मान गर्नु राष्ट्रिय दायित्व भएको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २६ गते १३:५१
फाइल तस्वीर

२६ असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्रष्टालाई सम्मान गर्नु राष्ट्रिय दायित्व भएको बताएका छन् ।

आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले आयोजना गरेको विभिन्न विधाका स्रष्टाहरुलाई पुरस्कार समर्पण समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले भाषा, साहित्य, संस्कृति, संगित तथा नाट्य लगायतका विधामा योगदान दिने स्रष्टाहरुको सम्मान गर्नु राष्ट्रिय दायित्व भएको बताएका हुन् ।

उनले भाषा, साहित्य, संस्कृति, संगित एवं नाट्यलगायत विधा मुलुकका गहना तथा सभ्यता र संस्कृतिको धरोहर रहेको उल्लेख गरे । उनले नेपालका संस्कृति तथा साहित्य राष्ट्रिय गौरवको विषय भएको पनि बताए ।

प्रधानमन्त्री देउवाले स्रष्टा र साधकहरुलाई राज्यले सम्मान गर्दै आएको उल्लेख गर्दै यस प्रकारको सम्मानले स्रष्टाहरुमा थप सिर्जनात्मक काम गर्न प्रेरणा मिल्ने बताए । उनले भने, ‘भाषा, साहित्य, संस्कृति, इतिहासकला, संगित एवं नाट्य लगायतका विधाहरु मुलुकका गहना हुन् ।

ती हाम्रा सभ्यता र संस्कृतिका धरोहर हुन् । ती हाम्रा राष्ट्रिय गौरवका विषय हुनुका साथै तिनले नै स्वदेश तथा विदेशमा नेपालको विशिष्ट राष्ट्रिय पहिचान बनाउन सघाउ पुर्‍याउँदै आएका छन् ।’ उनले अगाडि भने, ‘यी क्षेत्रका विकास र संरक्षण गर्न संलग्न संस्था तथा साधकहरुको सम्मान एवं कदर गर्नु हाम्रो राष्ट्रिय दायित्व पनि हो ।’

प्रधानमन्त्री देउवाले श्रष्टाहरुप्रति राज्यले गरेको सम्मानले मुलुकको प्रतिष्ठा उच्च बनाउन तथा देशको सर्वाङ्गीण विकासमा श्रष्टाहरुको अझ योगदान हुने विश्वास व्यक्त गरे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न विधामा योगदान पुर्‍याउने ४३ जना स्रष्टालाई पुरस्कृत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?