+
+

इजिप्ट र अष्ट्रियाका लागि राजदूत नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २७ गते १५:१६

२७ असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले इजिप्ट र अष्ट्रियाका लागि नेपाली राजदूत नियुक्त गरेकी छन् । इजिप्टका लागि नेपालको आवासीय राजदूतमा सुशीलकुमार लम्साल र गणतन्त्र अष्ट्रियाका लागि आवासीय राजदूतमा भरतकुमार रेग्मी नियुक्त भएका हुन् ।

रेग्मीले संयुक्त राष्ट्र संघ कार्यालय, भियनाको नेपालको स्थायी प्रतिनिधि पदमा समेत नियुक्त भएका छन् । मन्त्रिपरिषदले राजदूतमा सिफारिस गरेका व्यक्तिको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?