+
+

लिग टु क्रिकेट : नामिबियासँगको खेल जित्न नेपाललाई २२१ रनको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २७ गते १९:३४

२७ असार, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्डमा भइरहेको त्रिकोणात्मक शृंखलाको आफ्नो पहिलो खेलमा नेपालले नामिबियाबाट जितका लागि २२१ रनको लक्ष्य पाएको छ ।

कम्बुसडुन न्यु ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबिया ४७.३ ओभरमा सबै विकेट गुमाएर २२० रनमा अलआउट भएको हो । जान निकोल लाफ्टी एटनले सर्वाधिक ६० रन बनाए । डिभान ला कुकुले ४१ रन जोडे ।

नेपालका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । उनले १० ओभरमा ५४ रन खर्चिए ।

यस्तै सोमपाल कामीले २ तथा करण केसी र दीपेन्द्र सिंह ऐरीले १-१ विकेट लिए ।

यसै खेलबाट एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका वसिर अहमदले किफायती बलिङ गर्दै ७.३ ओभरमा १८ रन मात्र खर्चिएर १ विकेट लिए । आरिफ शेखले क्रेग विलियम्सलाई डाइरेक्ट हिटमार्फत रनआउट गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?