+
+

तीन कम्पनीलाई आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डको स्वीकृति

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २८ गते ११:०१

२८ असार, काठमाडौं । नेपाल धितोपत्र बोर्ड ३ वटा कम्पनीलाई धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने अनुमति दिएको छ । बोर्डले २३ असारमा सिक्लेस हाइड्रोपावर लिमिटेडलाई र २४ असारमा धौलागिरी लघुवित्त वित्तीय संस्था र अभियान लघुवित्त वित्तीय संस्थालाई आइपीओ निष्काशन गर्न स्वीकृत दिएको हो ।

सिक्लेस हाइड्रोपावरले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि समेत गरि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा बीओके क्यापिटल लिमिटेड रहेको छ ।

धौलागिरी लघुवित्तले पनि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३ करोड ३१ लाख बराबरको ३ लाख ३१ हजार कित्ता सेयर सार्वजनिक निष्काशन गर्ने अनुमति पाएको छ । अभियान लघुवित्तले १०० रुपैयाँ अंकित मूल्यकै ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता साधारण सेयर निष्काशन गर्ने अनुमति पाएको छ ।

आईपीओ निष्कासनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा धौलागिरी लघुवित्तको सनराइज क्यापिटल लिमिटेड र अभियान लघुवित्तको मुक्तिनाथ क्यापीटल लिमिटेड रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?