+
+

टुबोर्ग ओपनमा सांगीतिक सहकार्यका लागि नयाँ कलाकारलाई जेसन डेरुलोको आमन्त्रण

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २८ गते १३:२५

काठमाडौं । विश्वभरका उदीयमान कलाकारहरुले जेसन डेरुलोसँग सांगीतिक सहकार्य गर्ने अवसर पाउने भएका छन् । विश्वव्यापी रुपमा चर्चित तथा प्लेटिनम बिक्री गर्न सफल सांगीतिक कलाकार जेसन डेरुलो र डेनिस बियर ब्राण्ड टुबोर्ग बीचको नयाँ सहकार्यमा उदीयमान कलाकारहरुले सो अवसर पाउने भएका हुन् ।

यस परियोजनाले टुबोर्ग ओपन अभियानको छैटौं वर्ष मनाउँदै छ । टुबोर्ग ओपनले संगीत कार्यक्रममार्फत विश्वभरका कलाकार र दर्शकका लागि मनोरञ्जन प्रदान गर्दै आइरहेको छ ।

गोर्खा ब्रुअरीका मार्केटिङ डारेक्टर आशिष विष्टले  टुबोर्ग ओपन २०२२ अभियानमार्फत नेपालका उदीयमान कलाकारहरुलाई उनीहरुको प्रतिभा प्रदर्शन गर्न प्लेटफर्म प्रदान गरेको बताउँछन् । यस वर्ष जेसन डेरुलो र भेकसँग सहकार्यका लागि निकै उत्साहित रहेको र दर्शकहरुले पनि उक्त सहकार्यको नतिजा मन पराउनेमा आफूहरु ढुक्क रहेको उनको भनाइ थियो ।

२०१७ को सुरुवातदेखि टुबोर्ग ओपनले द चेनस्मोकर्स, मेजर लेजर, क्लिन ब्यान्डिट, डिप्लो र मो जस्ता विश्वव्यापी कलाकारहरुसँग सहकार्य गरी विश्वभरका दर्शकलाई जोड्ने काम गर्दै आइरहेको छ ।

अभियानबारे आफ्नो धारणा राख्दै डेरुलोले प्रतिभाशाली कलाकारहरुको यात्राको हिस्सा बन्न पाउँदा खुशी लाग्ने बताए ।

टुबोर्ग ओपन प्रोजेक्टमा भीईके नेपाल, डी एमसी भारत, सोखरुलो अब्दुलाभ उज्वेकिस्तान, हाल्को टर्की, इभा लोरेन्स सर्बिया र स्टोपोस्टो बोस्नियाका उदीयमान कलाकारहरु सहभागी छन् ।
यी कलाकारहरले आउँदो महिनाहरुमा टुबोर्ग मार्फत सहयोग प्राप्त गरी जेसन सामु प्रदर्शन गरेका ट्रयाकहरुको उत्पादन र विकास गर्ने छन् ।

टुबोर्ग ओपनको आफ्नो अनुभव बारे भीईके (नेपाल) ले भने, ‘संगीतको बारेमा मात्र होइन, मेरो संगीतको बारेमा कुरा गर्न जेसन डेरुलोसँग बस्न पाउनु अतुलनीय थियो । उनले गीत लेखन र मेरो प्रदर्शनको बारेमा सल्लाह दिए र त्यो म नेपाल फर्किएपछि मेरो प्रक्रियामा लागू गर्नेछु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?