+
+

सनराइज बैंकद्वारा भक्तपुरमा निःशुल्क स्वास्थ्य शिविर

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २८ गते १८:३१

काठमाडौ‌ं । सनराइज बैंक लिमिटेडले भक्तपुरमा स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सरबारे जनचेतना अभिवृद्धि तथा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तपुर शाखाले भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा वरदायणी आधारभूत विद्यालयको प्राङ्गणमा शिविर सञ्चालन गरेको हो ।

भक्तपुर शाखाका प्रबन्धक निरज अमात्यका अनुसार दुई दिनसम्म सञ्चालन भएको शिविरमा १२० जना स्थानीय महिलाले स्वास्थ्य परीक्षण गराएका थिए । स्वास्थ्य जाँचपछि निःशुल्क औषधि पनि वितरण गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?