+
+

गहुँ र चिनी निर्यात प्रतिबन्ध नेपालका लागि होइन : भारतीय राजदूत

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २९ गते १९:२७

२९ असार,काठमाडौं । भारत सरकारले गहुँ, चिनी लगायत केही वस्तुहरूमा लगाएको निर्यात प्रतिबन्ध नेपालको हकमा लागू नहुने नेपालका लागि भारतीय राजदूतले दाबी गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले राजदूतको स्वागतमाआयोजित भेटवार्तामा राजदूत नवीन श्रीवास्तवले सो प्रतिबन्द नेपालका लागि नभएको बताएका हुन् ।

कार्यक्रममा अध्यक्ष शेखर गोल्छाले भारत सरकारकातर्फबाट केही अत्यावश्यक वस्तुहरूको निर्यातमा प्रतिबन्ध लगाउने निर्णय भएपछि नेपाली उद्योगहरूलाई समस्या उत्पन्न हुन थालेको बताएपछि राजदूत श्रीवास्तावले यस्तो प्रतिक्रिया दिएका हुन् । भारत सरकार, भारतसँगै नेपालको पनि आर्थिक विकास हुनुपर्छ भन्ने पक्षमा रहेको भन्दै नेपालका हरेक प्रयासमा सहयोग गर्न भारत सदैव तयारको पनि उनले बताए ।

भेटमा महासंघले नेपालमा लगानी विस्तार, व्यापारिक नाकाहरूको पूर्वधार विकास, प्रयोगशालाहरूको स्तरीकरण तथा थप ल्यावहरूको विस्तार, गैरभन्सार अवरोधहरूका समस्याबारे राजदूतको ध्यानाकर्षण गराएका थिए ।

जवाफमा राजदूत श्रीवास्तवले सडक, रेल, हवाई र साथै डिजिटल कनेक्टिभिटीमा देखापरेका समस्याहरूको समाधान गर्दै नेपालको अर्थतन्त्रलाई मजवुद बनाउन भारत सरकार तयार रहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?