+
+

फाप्ला क्रिकेट मैदानको डीपीआर अघि बढाउने विकास समितिको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २९ गते १९:३७

२९ असार, धनगढी । फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिले डीपीआर तयारीका लागि कार्यक्षेत्रगत सर्त तथा लागत अनुमान तयार गर्ने र डीपीआर तयारीका लागि परामर्शदाता छनोट गर्ने कार्य अघि बढाउने निर्णय गरेको छ ।

धनगढीमा बसेको समितिको पहिलो बैठकले ईआईएको कार्य अघि बढाउन कार्यक्षेत्रगत सर्त तथा लागत अनुमान तयार गरी परामर्शदाता छनौटको काम अघि बढाउने, समितिलाई चाहिने आगामी आर्थिक वर्षकको आवश्यक बजेट नेपाल सरकारबाट माग गर्ने लगायतका निर्णय गरेको छ ।

समितिले धनगढी उपमहानगरपालिकाभित्रको उपयुक्त स्थानमा यथाशीघ्र कार्यालय स्थापना गर्ने, समितिका लागि आवश्यक कर्मचारीको अस्थायी दरबन्दी स्वीकृतिका लागि मन्त्रालयलाई सिफारिस गर्ने निर्णय पनि गरेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

समिति बैठकमा मन्त्री खेलकुद मन्त्री महेश्वरराज गहतराजले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम सुदूरपश्चिमको मात्रै नभई देशकै विकासको कोशेढुंगा रहेकोले सरकारले यसलाई उच्च प्राथमिकतामा राखि निर्माणकार्यलाई द्रुत गतीमा अघि बढाउने प्रतिबद्धता जनाए ।

विकासमा राजनीति गर्न नहुने दोहोर्‍याउँदै उनले रंगशाला निर्माण अभियानमा जोडिन सम्पूर्णलाई आह्वान गरे ।

समितिका अध्यक्ष सुवास शाहीले सुदूरपश्चिमबासीले लामो समयदेखि देख्दै आएको फाप्लामा रंगशाला बनाउने सपना साकार हुने कुराको सुरुवाति बैठकको रुपमा औल्याउँदै यस सपना साकार गर्न सबै तहका सरकार तथा आम जनताको सहयोगका लागि अपिल गरे ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दमोदर रेग्मीले पूर्वाधार निर्माण सम्बन्धि जारी गठन आदेशले नेपालमा विकास पूर्वाधार निर्माणको नयाँ मोडल परिकल्पना गरेकाले यो पूर्वाधार निर्धारित समयमा बन्ने कुरामा आफू ढुक्क रहेको बताए ।

समितिका नवनियुक्त कार्यकारी निर्देशक शेरबहादुर बिसीले सुदूरपश्चिम क्षेत्रको विकासमा कोशेढुंगा सावित हुने पूर्वाधार निर्माण सम्बन्धी परियोजनाको मुख्य जिम्मेवारी सम्हाल्न पाउदा खुशी लागेको बताए । उनले यस अवसर र चुनौतीको सही सदुपयोग गर्दै समयमै सम्पन्न गर्ने कार्यमा आफ्नो पूर्ण प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?