+
+

नेपालमा अहिले कोही पनि स्वतन्त्र छैनः प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३० गते ११:०६

३० असार, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा अहिले कोही पनि स्वतन्त्र नरहेको तर्क गरेका छन् ।

शुक्रबार ललितपुरमा आयोजित नेपाल विज्ञान तथा सूचना प्रविधिसम्बन्धी नीति बहसमा बोल्दै अध्यक्ष प्रचण्डले अहलिेको जमानामा स्वतन्त्र कोही पनि नहुने तर्क गरेका हुन् । ‘अहिलेको जमानामा स्वतन्त्र कोही पनि हुँदैन, खासगरी नेपालमा,’ उनले भने, ‘अगाडि बढ्ने कि पछाडि फर्कने हो ? योभन्दा अरु बाटो अहिले म नेपालमा देख्दिनँ ।’

कार्यक्रममा उनले श्रमजिवीहरूले विज्ञान प्रविधिको प्रयोग गरेर कसरी लड्न सकिन्छ भनेर काम गर्नुपर्नेमा जोड दिए । ‘हाम्रो समाजको चेतना वैज्ञानिक कुरालाई अनुसरण गर्न सक्ने अवस्था छैन’ उनले भने, ‘विज्ञानलाई विश्व दृष्टिकोणको रुपमा स्वीकार्दै जानुपर्छ र नेतृत्वले यसको लागि संघर्ष गरिरहनुपर्छ ।’

विचारलाई भौतिक शक्तिमा रुपान्तरण गर्ने कुरा विज्ञानसँग नै सम्बन्धित हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?