+
+

बचेरा कोरल्न धापाखेलको नागदहमा जल अप्सरा

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७९ असार ३० गते १५:४०

३० असार, काठमाडौं । प्राय : पानीमाथि तैरिरहेको पातमा हिड्‍न रुचाउने चरा जल अप्सरा मनसुनमा देखिन थालेका छन् ।

ललितपुर महानगरपालिकाको धापाखेलमा रहेको नागदहमा हिजोआज जल अप्सरा देखिन थालेका हुन् ।

यो सुन्दर चरा यही सयममा बचेरा कोरल्नको लागि यहाको नागदहमा आउने गर्छन् । यीनिहरुले पोखरीको बीच भागका पातहरुमा अण्डा पार्ने र बच्चा कोरल्‍ने गर्छन् ।

लामो पुच्छर र लामो खुट्टा भएको यो चरा पोथीको मर्जीमा चल्ने गर्छन्।

अंग्रेजीमा ‘पिजेन्ट टेल ज्याकाना’ भनिने यो चराको भने भाले ओथारो बस्छ। भालले बचेरा कोरल्छ र हुर्काउँछ । तर पोथी भने अण्डा कोरल्दासम्म भालेसँग रोमान्स गरेर बस्छ। त्‍यसपछि फेरि अर्को भालेको खोजीमा लाग्छ।

तर  हिउँदको समयमा यो सुन्दर चराको पुच्छरको लामो भाग आफै हराएर जान्छ ।

हेर्नुसु तस्वीरहरु :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?