+
+

महाराजगञ्जस्थित एनसेल सेन्टर महिला कर्मचारीले मात्रै सञ्चालन गर्दै  

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३० गते १७:४६

काठमाडौं । महिला कर्मचारीको व्यवस्थानमा एनसेल अजियाटा लिमिटेडले काठमाडौंको महाराजगञ्जमा एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ ।

महिला कर्मचारीको मात्रै व्यवस्थापनमा एनसेल सेन्टर सञ्चालनको सुरुवातले समानताको हिसाबले समाजका लागि महत्वपूर्ण हुने विश्वास कम्पनीले लिएको छ ।

एनसेलको यो पहल तथा अवधारणा कम्पनीले महिला सशक्तिकरण, लैंगिक समानता र समुदाय विकासका लागि गरेको योगदानको एक प्रमाण भएको कम्पनीले बताएको छ । यो अवधारणा एनसेलको विविधता, समानता र समावेशिता (डीईआई) मिसन अनुरुप रहेको र यसले कार्यस्थलमा विविधता, समानता र समावेशिताको दृढतापूर्वक प्रोत्साहन गर्ने कम्पनीको भनाइ छ ।

एनसेलका मानव संसाधन तथा प्रशासकीय अधिकृत युवराज श्रीवास्तवले महिला कर्मचारीको व्यवस्थापन एनसेल सेन्टर सञ्चालनमा आउनुले कम्पनीको विविधता, समानता र समावेशितालाई बढावा दिने नीतिमा ठूलो महत्व राख्ने बताए । एनसेलकी ग्राहक सेवा प्रबन्धक ज्योति दाहालले लैंगिक समानताले मात्र व्यवसाय थप सुदृढ हुने बताइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?