+
+

कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै, पदाधिकारीले धारणा राख्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३२ गते ८:३३

३२ असार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेदेखि बैठक सुरु हुनेछ ।

आजको बैठकमा पार्टीका शीर्ष नेता एवम् पदाधिकारीहरूले धारणा राख्ने कार्यसूची रहेको कांग्रेसले जनाएको छ ।

यसअघि बैठकमा पार्टी र समसामयिक राजनीतिका विषयमा पार्टी केन्द्रीय सदस्यहरूले आफ्ना भनाइ राखेका थिए । गत बिहीबारको बैठकमा केन्द्रीय सदस्यले भनाइ राख्ने क्रम सकिएपछि आज पदाधिकारीले धारणा राख्ने भएका हुन् ।

केन्द्रीय सदस्यहरूले लोकप्रिय हुने पार्टीको आलोचना गरेको र गुटको बैठकमा सहभागी भएको भन्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आलोचना गरेका थिए । साथै उनीहरूले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीको कामकारबाहीबारे  पनि प्रश्न उठाएका छन् ।

पदाधिकारीले आजदेखि केन्द्रीय सदस्यले उठाएका यिनै विषयमाथि धारणा राख्नेछन् । कांग्रेसमा सभापति,उपसभापति,महामन्त्री र सह-महामन्त्री गरी १४ जना पदाधिकारी रहेका छन् । जसमध्ये कोषाध्यक्ष भने सभापति शेरबहादुर देउवाले हालसम्म मनोनीत गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?