+
+

सडक मानवको मिर्गौला बेचेको आरोपमा ५ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १ गते १७:५१
घटनाबारे जानकारी दिन प्रहरीले गरेको पत्रकार सम्मेलन ।

१ साउन, काठमाडौं । प्रहरीले मिर्गौला बेचबिखनमा संलग्न रहेको अरोपमा ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुले काठमाडौंका सडक मानवलाई लोभ देखाई फकाएर भारत लगि मिर्गौला बेचबिखन गरेको प्रहरीको आरोप छ ।

पक्राउ पर्नेमा रामेछापका धनबहादुर रोका, गुल्मीका विजय कुँवर, दैलेखका धुपेन्द्र शाही र बिमलबहादुर शाही तथा झापाका आशिष तामाङ छन् ।

शरीरमा दुईवटा मिर्गौला हुने, एउटाले मात्र पनि काम गर्ने र एउटा बेच्दा केही नहुने भन्दै मिर्गौला निकालेका व्यक्तिको उदाहरण देखाएर राम्रो मोबाइल पाइने तथा ५ लाख रुपैयाँसम्म कमाइ हुने आश्वासन दिएर उनीहरूले‍ मिर्गौला निकाल्नका लागि सडक मानवलाई भारत लैजान लागेको बेला नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरुलाई मानव बेचबिखन तथा ओसारप्रसार ऐन २०६४ अनुसार कारबाहीका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?