+
+

लिग टु क्रिकेट : नेपालको कमजोर ब्याटिङ, १२८ रनमा अलआउट

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १ गते १८:३३

१ साउन, काठमाडौं । खराब ब्याटिङ प्रदर्शन निरन्तरता पाउँदा आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपाल स्कटल्याण्ड विरुद्ध १२८ रनमा अलआउट भएको छ ।

ग्लास्कोस्थित टिटवुड मैदानमा स्कटल्याण्डले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ३५.५ ओभरमा सबै विकेट गुमाएर १२८ रन मात्र बनाएको छ ।

नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ४० रन बनाए । नेपालको लागि दोस्रो धेरै रन बनाउनेमा कप्तान सन्दीप लामिछाने रहे । दशौँ नम्बरमा ब्याटिङ गरेका उनले २२ रन बनाए ।

विनोद भण्डारी १३ तथा देव खनाल र रोहित पौडेल समान १० रन बनाएर आउट भए । स्कटल्याण्डका लागि हम्जा ताहिरले ४, मार्क वाटले ३, गेभिन मेइनले २ तथा क्रिस्टोफर म्याब्रिजले १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?