+
+

लिग टु क्रिकेट : स्कटल्याण्डसँग नेपाल ८ विकेटले पराजित

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १ गते २०:३७

१ साउन, काठमाडौं ।  खराब ब्याटिङ प्रदर्शन निरन्तरता पाउँदा आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपाल आइतबार स्कटल्याण्डसँग ८ विकेटले पराजित भएको छ ।

नेपालले दिएको १२९ रनको सामान्य लक्ष्य घरेलु टोली स्कटल्याण्डले १८.५ ओभर खेल्दै २ विकेट गुमाएर पूरा गरेको हो ।

स्कटल्याण्डका लागि कलुम म्याकलोडले सर्वाधिक ६४ रन बनाए । २९ बल खेलेका उनले १० चौका र ३ छक्का प्रहार गरे । दोस्रो विकेटका लागि कलुमले काएल कोत्जरसँग ८२ रनको साझेदारी गरे । कोएत्जरले अविजित ४४ रन जोडे ।

नेपालका लागि कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले १-१ विकेट लिए ।

त्यसअघि ग्लास्कोस्थित टिटवुड मैदानमा स्कटल्याण्डले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ३५.५ ओभरमा सबै विकेट गुमाएर १२८ रन मात्र बनाएको थियो । नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ४० रन बनाए ।

नेपालको लागि दोस्रो धेरै रन बनाउनेमा कप्तान सन्दीप लामिछाने रहे । दशौँ नम्बरमा ब्याटिङ गरेका उनले २२ रन बनाए । विनोद भण्डारी १३ तथा देव खनाल र रोहित पौडेल समान १० रन बनाएर आउट भए ।

स्कटल्याण्डका लागि हम्जा ताहिरले ४, मार्क वाटले ३, गेभिन मेइनले २ तथा क्रिस्टोफर म्याब्रिजले १ विकेट लिए । यस शृंखलामा तीन खेल जितेको स्कटल्याण्डले २४ खेलबाट ३४ अंक जोड्दै दोस्रो स्थानमा छ र शीर्ष तीनमा रहेर ग्लोबल क्वालिफायर पुग्ने सम्भावनालाई बलियो बनाएको छ ।

तीन हार बेहोरेको नेपाल भने २० खेलबाट १७ अंकसहित छैटौं स्थानमा छ । शृंखलाअघि नेपला भन्दा पछि रहेको नामिबियाले नेपाललाई दुवै खेलमा हराउँदै १८ खेलबाट १८ अंक जोडेर नेपाललाई पछि पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?