+
+

भारतमा व्यावसायिक गल्फ खेल्न शुक्रलाई आर्थिक सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २ गते १५:२८

२ साउन, काठमाडौं । नेपालका नम्बर वान प्रोफेसनल गल्फर शुक्रबहादुर राईलाई भारतमा व्यावसायिक गल्फ खेल्न र प्रशिक्षण गर्नका लागि आर्थिक सहायता जुटाइएको छ ।

प्रोफेसनल गल्फर्स एसोसिएसन (पीजीए) नेपालको पहलमा उनका लागि ८ लाख रुपैयाँ जुटाइएको पीजीए नेपालले जनाएको छ । त्यसबाहेक उनले प्रिमियर अर्गानिक प्रालिसँग १ लाख ५० हजार रुपैयाँको सम्झौता गरेका छन् ।

प्रोफेसनल गल्फर संघका अध्यक्ष रविन्द्रमान श्रेष्ठले पनि ५० हजार रुपैयाँ दिने निर्णय गरेका छन् ।

यसैगरी पर्नड रिचर्डका रभिन्दर सैनीले २ लाख तथा ब्रिटिस गोर्खा कम्पनीले १ लाख दिएका छन् । सुहृद घिमिरे, चन्द्र टण्डन, आरआर पाण्डे, टासी घले, प्रवेश फुयाल, टिजी श्रेष्ठ, किसन अग्रवाल, टेण्डी शेर्पा र नोर्बु छिरिङ शेर्पाले ५०-५० हजार दिएका छन् । दिपक आचार्यले ३० हजार र सन्जय लामाले २० हजार दिएका छन् ।

शुक्रबहादुर राइले भारतमा व्यवसायिक गल्फ पीजीटीआइ खेलिरहेका छन् । मे महिनामा ब्रेक अगाडि उनले ६ वटा प्रतिययोगिता खेलेका थिए । त्यसमध्ये तीनवटामा ‘कट’मा परेका थिए ‌। बाँकी १६ प्रतियोगिता भारतका विभिन्न गल्फ कोर्समा अगस्टदेखि डिसेम्बरसम्म हुँदैछ ।

अगष्ट २१ देखि बाँकी प्रतियोगिता सुरु हुनेछ । त्यसअघि उनले भारतको बेंगलोरस्थित भारतको प्रतिष्ठित तरुण सरदेशाइ गल्फ एकेडेमीमा १ महिनाको विशेष प्रशिक्षण लिनेछन् । त्यही एकेडेमीमा नेपालका एमेच्योर गल्फरहरु सुवास तामाङ र सद्भाव आचार्यले प्रशिक्षण लिइरहेका छन् ।

२१ अगस्ट २०२२ देखि १३ डिसेम्बर २०२२ सम्म खेल्ने १६ प्रतियोगिताको शीर्ष १६ भित्र पर्न सकेमा शुक्रले अर्को प्रतियोगितामा सिधै प्रवेश पाउनेछन् । यसपल्ट उनले छनोट पार गरेर यो प्रतियोगिताका लागि छानिएका हुन् । शुक्र हाल विश्व वरीयतामा १८०६ औं स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?