+
+

टिकटक लाइभमा भावुक हुँदै कलाकार त्रिपाठीले भने- घमण्डले गर्दा आज रोइरहेको छु

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २ गते १६:१९

काठमाडौं । कलाकार महादेव त्रिपाठीको डिमान्ड कुनैबेला स्टेज कार्यक्रमदेखि विदेश टुरमा उच्च थियो । मेलापर्वमा हुने कार्यक्रममा उनी निकै व्यस्त थिए । उनले खेलेका केही फिल्मले पनि राम्रै कमाइ गर्थे ।

विदेशका कार्यक्रममा समेत उनलाई भ्याइनभ्याइ हुन्थ्यो । तर उनको अहिलेको परिस्थितl ठीक विपरीत छ । उनी हालैको एकदिन टिकटक लाइभमा आएर भावुक मात्र भएनन्, सबै कलाकारलाई घमण्ड नगर्न आग्रह पनि गरेका छन् ।

‘घमण्डले गर्दा नै म आज यो स्थितिमा छु,’ उनले टिकटक लाइभमा बोलेका छन् । उनको यो मर्मस्पर्शी बुझाइ सबै कलाकारले बुझ्न जरुरी पनि देखिन्छ । टिकटकमा उनले यसरी बताएका छन् :

म कुनै बेला महोत्सव, स्टेज, कलेज प्रोग्राममा एकदम ब्यस्त थिएँ । त्यतिबेला म यति व्यस्त थिएँ कि खाना खाने समय पनि हुँदैनथ्यो । त्यतिबेला ममा एकदमै घमण्ड थियो ।

यति घमण्ड कि मजस्तो डान्सर कोही छैन, म जस्तो जादुगर कोही छैन । म जस्तो कमेडी कोही छैन, म जस्तो क्यारिकेचर गर्ने कोही छैनजस्तो फिल हुन्थ्यो मलाई ।

आज आएर धेरै वर्षपछि, मनमा हजुरहरुमाझ पोख्न मन लाग्यो । त्यो घमण्डले आज मलाई भित्रभित्र रुवाइराखेको छ । रोइरहेको छु म आफैंमा पनि । घरमा बस्दा के सोच्छु भन्दा जिन्दगीमा सबैथोक रमाइलो हो । इन्टरटेनमेन्ट हो । म इन्टरटेनमेन्ट दिने कलाकार हुँ ।

तर आज म भित्रभित्रै रोइरहेको हुन्छु । हुन त म प्रोग्राम गर्न २८ वटा देश घुमिसकें । तर गए पनि म भित्रदेखि खुसी छैन । अहिले राम्राराम्रा भाइबहिनी, राम्रा जादुगर, डान्सर, क्यारिकेचर र कमेडियन आउनुपर्छ ।

त्यही पनि मलाई महसुस भएको छ कि म अझै उहाँहरुसँग केही गर्न सकूँ र केही सिक्न सकूँ भन्ने । मलाई एकजना साथीले भन्नुहुन्थ्यो- जिन्दगीमा अगाडि बढ्नु छ भने महादेव, घमण्ड नगर्नू । आफ्नो लेभल बनाउनू । आफ्नो लेभल बनाएपछि मात्रै सबैले चिन्नुहुन्छ र मान्नुहुन्छ । नराम्रो बाटोतिर नलाग्नू भन्नुहुन्थ्यो ।

आज म मेरा दर्शक, आफन्त साथीभाइलाई रिक्वेस्ट गर्न चाहन्छु, जिन्दगीमा लानु केही पनि रहेनछ । यसले गर्दा नेपालका चर्चित कलाकार, गायक-गायिका, नायक-नायिका घमण्ड भन्ने चीजलाई हामीले टाढा राख्नुपर्ने रहेछ । त्यही घमण्डले आज भित्रभित्रै रोइराख्या छु । नयाँ काम गर्ने कोशिश गर्‍याछु, सबैसँग हुलमुल गर्ने कोशिश गर्दैछु ।

सबैलाई रिक्वेस्ट गर्न चाहन्छु कि घमण्ड भन्ने चीजलाई टाढा राख्दिनुहोला । घमण्डले मान्छेलाई मार्छ । पिरोल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?