+
+

सोइ ढोले सोइ किरात प्रदेश खोई (फोटो फिचर)

हरि अधिकारी हरि अधिकारी
२०७९ साउन २ गते २०:०७

२ साउन, विराटनगर । प्रदेश १ को नामाकरण पहिचानको आधारमा गर्न माग गर्दै सोमबार विराटनगरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडि प्रदर्शन भएको छ । किरात राई यायोख्या केन्द्रीय समितिले किरात प्रदेश नाकरणको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेको हो ।

सोमबार दिउँसो मुख्यमन्त्री कार्यालय बाहिर पुगेको एक टोलीले ‘सोइ ढोले सोइ किरात प्रदेश खोई ?’ भन्दै प्रदर्शन गरे । एक घण्टा मुुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका प्रदर्शनकारीले प्रदेश १ को नाम पहिचानका आधारमा किरात प्रदेश राख्न माग गरे ।

किरात राई यायोख्या समितिले मुख्यमन्त्री राजेन्द्र राईलाई ज्ञापन पत्र पनि बुझाएको छ । ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री राईले आफू पहिचानका आधारमा नामाकरण हुनुपर्छ भन्ने पक्षमा रहेको बताए । समितिले प्रदेशसभा सचिवालय अगाडि पनि प्रदर्शन गरेको छ ।

प्रदेशसभाको चालु अधिवेशनबाटै प्रदेशको नाम टुंगो लगाउने भन्दै राजनीतिक दलहरुले छलफल अघि बढाएका छन् । तर प्रदेशको नाम कोसी, सप्तकोसी वा किरात के राख्ने भन्नेमा दलहरुबीच विवाद छ ।

एमालेले कोसी, कांग्रेसले सप्तकोसी र माओवादी केन्द्रले किरात प्रदेश राख्नुपर्ने प्रस्ताव राखेका छन् । एकीकृत समाजवादीले बहुपहिचानका आधारमा नाम राख्नुपर्ने प्रस्ताव गरेको छ ।

जसपा र संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चले पहिचान र राप्रपाले भूगोलको आधारमा नाम राख्नुपर्ने प्रस्ताव गरेको छ । सभामुख प्रदीपकुमार भण्डारीले सहमति खोज्न ६ साउनमा सर्वदलीय बैठक बोलाएका छन् ।

हेर्नुस्  तस्वीरहरु : 

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?